Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चलचित्र ब्ल्याक छायाँ को गीत बुट्टे रुमाल सार्वजनिक

Tuesday, June 18, 2024 National Power

काठमाडौं – लंका फिल्म प्रालिको व्यानरमा निर्मित चलचित्र ‘ब्ल्याक छायाँ’ को बुट्टे रुमाल…. बोलको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । आगामी साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘ब्ल्याक छायाँ’ मा मायाँप्रेम र सस्पेन थ्रिर्लरलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको कारण चलचित्र व्यवसायिक रुपले सफल रहने विश्वास निर्देशक आरएल लामा मुक्तानले लिएका छन् ।
सार्वजनिक बुट्टे रुमाल… गीतका शब्द डिबि खनाल, संगीत राजेन्द्र बजगाई, स्वर भुवन प्यासी र मेलिना राईको रहेको छ ।

चलचित्रमा नीर शाह, सुनील थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जान्हवी वस्नेत, बुध्दि तामाङ, रुविना कार्की, सोभित वस्नेत, रविन्द्र झा, निमा दार्जे मुक्तान, आरएल लामा मुक्तान लगायतको अभिनय रहेको छ ।
चलचित्रका निर्माता रेल्लुमाया तामाङ, बिन दुरुङच्याङ मगर ‘मैना’, आर. सोनाम मुक्तान हुन । खड्ग लामा मुक्तान प्रस्तुतकर्ता रहेको ब्ल्याक छायाँमा सहनिर्मातामा सोशिका तामाङ, ‘रजनी’, श्याम बहादुर मुक्तान ‘डेबिट’ रहेका छन् ।