Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बोर्ड, विभाग, एसोसिएशन, दुग्ध सहकारी, डिडिसी लगायतका निकायले संयुक्त रुपमा २४ औँ विश्व दुध दिवस मनाउने

Friday, May 31, 2024 Devil Singh Rajput

काठमाडौं । ‘दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवालाहरु नेपाल डेरी एसोसिएशन, केन्द्रिय दुग्ध सहकारी, डिडिसी, पशु सेवा विभाग लगायतका निकायले जेठ १९ गते संयुक्त रुपमा २४ औँ विश्व दुध दिवस मनाउने तयारी भएको छ ।

नेपाल डेरी एसोसिएशनको केन्द्रिय कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा आज पत्रकार सम्मलेन गर्दै झापाको मेचीनगर – १९ दुवागढीको एनएमसी एग्रो फार्ममा प्रभातफेरि सहित मुल समारोहमा गर्ने जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डकी डा। हसना ममैया श्रेष्ठले सबैलाई स्वागत गर्दै नेपालमा सबै सरोकारवालाहरुको साथ र सहयोगमा विगत १५ वर्षदेखि विश्व दूध दिवस मनाउँदै आएको र अब आउने दिनमा पनि यसरी नै साथ र सहयोग पाउने अपेक्षा रहेको बताइन् ।

कार्यक्रममा बोल्दै एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले दैनिक गुणस्तरीय दुध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दुध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सातै प्रदेशमा सबै सरोकारवाला निकायले विभिन्न कार्यक्रम गरेर दुध दिवस मनाउने बताए ।

नेपाल डेरी एसोसिएशनले दुध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना समेत गरेको जनाएको छ। एसोसिएशनले गत जेठ १४ गते काठमाडौँको त्रिरत्न आवसीय विद्यालय स्वयम्भुमा स्कुलस्तरीय दुधको सेवन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान कार्यक्रम गरेको थियो ।

पशु सेवा बिभागका पशु विकास अधिकृत सिताराम वलीले नेपालमा उत्पादन रहेको दुध गुणस्तर रहेको र त्यसमा कुनै समस्या नरहेको कुरा बताए । अन्तरक्रिया कार्यक्रममा विभिन्न पत्रकारहरुले विभिन्न प्रश्नहरु उठाएका थिए । उठेका सबै प्रश्नका उत्तर उपस्थित सरोकारवाला सबैले पालैपालो दिएका थिए।

भोलि ९जेठ १८० र १९ गते पुश सेवा विभाग, राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हरिहभवनले ललितपुर स्कुलका बालबालिकाहरूलाई दुधको महत्व बारेमा जनचेतनात्मक कार्यक्रमका साथै दुध तथा दुग्ध पदार्थ वितरण कार्यक्रम रहेको एसोसिएशनले जनाएको छ ।

त्यस्तै आगामी आर्थिक वर्ष २०८१्८२ को बजेटप्रति डेरि क्षेत्रका समस्या सम्बोधन नभएको भन्दै उद्योगीहरूले निरुत्साहित भएका छन् । डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले सरकारले ठूलो आकारको बजेट संसदमा पेशा गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई भने ३ प्रतिशत पनि नछुट्याएको बताए।

सरकारले विद्यालयलाई उपलब्ध गराउने दिवा खाजा अन्तर्गतको कार्यक्रममा दूध तथा दुग्ध पदार्थलाई समावेश गरिदिए डेरी उद्योगी व्यवसायीको समस्या केही हदसम्म समाधान हुने कुरा कार्यक्रमका सभापति,केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय दुग्ध विकासका बोर्ड सदस्य कृष्ण प्रसाद सापकोटाको भनाइ छ।

सन् २००१ देखि जुन १ लाई विश्व दूध दिवसको रूपमा मनाउँदै आइएको छ। नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन थालेको छ। आजसम्म आउँदा पनि दुध दिवसको जसरी चर्चा हुनुपर्ने हो त्यसरी भएको भने पाइदैन ।