Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

१५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न

Sunday, May 19, 2024 National Power

काठमाण्डौ – जितु र माण्डवीलाई रजत सम्मान, मणिराजलाई रंग पत्रकारिता पुरस्कारछायाँछवि क्रियशनको आयोजनामा नियमित रुपमा गर्दै आइरहिएको डि सिने अवार्डको १५ औं संस्करण राजधानीमा आयोजित एक भव्य समारोहका बिचमा सुसम्पन्न भएको छ । कार्यक्रममा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति समेत रहेको थियो ।

१५ औं प्रिज्मा डि सिने अवार्डमा २०७९ सालका चलचित्रहरुबाट अवार्डेड गरिएको थियो । १५ औं डि सिने अवार्डमा अभिनेता तर्फ चलचित्र प्रकाशबाट प्रदिप खड्का र अभिनेत्री तर्फ चलचित्र झिंगेदाउबाट आँचल शर्मा अवार्ड पाउन सफल भए । उत्कृष्ट चलचित्र रुपमा पनि झिंगेदाउ नै ठहरियो । सर्वाेत्कृष्ट निर्देशकमा भने प्रकाश चलचित्रबाट दिनेश राउत अव्वल ठहरिए । चलचित्र लाखेका लागि सम्राट बस्नेत जुरी अवार्ड पाउन सफल भए । पपुलर फिल्मको रुपमा छक्का पञ्जा ४ अवार्ड पाउन सफल भयो भने सर्वाेत्कृष्ट नेशनल फिल्म रिमेश अधिकारीको नालापानी भयो । नव निर्देशकको रुपमा चलचित्र डेसानबाट कमल एक्चै मगरले अवार्ड पाउन सफल भए । डेसानबाटै नम्रता सापकोटा सहअभिनेत्रीको रुपमा सर्वाेत्कृष्ट सावित भइन् । सहअभिनेता भने चलचित्र लाखेबाट रोहित रुम्बाले ट्रफी उचाले भने लाखेबाटै प्रशान्त ताम्राकार सर्वाेत्कृष्ट खलपात्र भए । त्यस्तै प्रिज्मा १५ औं डि सिने अवार्डमा झिंगेदाउबाट हिउँवाला गौतम र प्रकाशबाट प्रकाश घिमिरे क्रमश चरित्र अभिनेत्री र चरित्र अभिनेतामा अव्वल सावित भए । चलचित्र प्रकाशबाट विकास सुवेदी सर्वाेत्कृष्ट कथाकार ठहरिए । सर्वाेत्कृष्ट पटकथा एवं संवादका लागि झिंगेदाउ चलचित्रबाट प्रदिप भारद्वाज सर्वाेत्कृष्ट ठहरिए । नरेन्द्र मैनाली छक्का पञ्जा ४ बाट सर्वाेत्कृष्ट छायाँकार भए । सर्वाेत्कृष्ट सम्पादकमा भने चलचित्र प्रकाशबाट जिवन थापा अव्वल ठहरिए ।

चलचित्र हिजोआजका कुराबाट दीपक शर्मा माया जदौ गीतका लागि संगीतकारमा, चलचित्र छक्का पञ्जा ४ बाट दर्शन सलामा गीतका लागि डेविड शंकर गायकमा, छक्का पञ्जा ४ बाटै दर्शन सलाम गीतका लागि सहिमा श्रेष्ठ गायिकामा एवं चलचित्र झिंगेदाउबाट आगोबिना बिडी जल्दैन गीतका लागि मुक्त उदास गीतकारमा सर्वाेत्कृष्ट ठहरिए । छक्का पञ्जा ४ को दर्शन सलाम गीतकै लागि कविराज गहतराज सर्वाेत्कृष्ट नृत्य निर्देशक हुन सफल भए । सम्राट बस्नेतले द्वन्द्व निर्देशकका लागि चलचित्र लाखेबाट ट्रफी उचाले । झिंगेदाउको पाश्र्व संगीतका लागि सास्वत श्रेष्ठ सर्वाेत्कृष्ट ठहरिए । प्रिज्मा १५ औं डि सिने अवार्डमा विभिन्न २४ विधा गरी अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमको अवसरमा विभिन्न सम्मानहरुपनि गरिएको थियो । २५ वर्षभन्दा लामो समयसम्म सेवा गरी सकेपछि प्रदान गरिने चलचित्रकर्मी रजत सम्मान यस पटक हाँस्य अभिनेता जीतु नेपाल र पाश्र्व गायिका माण्डवी त्रिपाठीलाई प्रदान गरिएको थियो । सोही अवसरमा खासगरी रंगपत्रकारितामा दुई दशकभन्दा लामो समयदेखि कार्य गरिरहेका रंग पत्रकार मणिराज गौतमलाई १५,५५५।– राशीको छायाँछवि रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा छायाँछवि विशेष सम्मानद्वारा अभिनेता सविन श्रेष्ठ सम्मानित भएका थिए । कार्यक्रममा छायाँछवि कलाकार सम्मानबाट वरिष्ठ कलाकार शिवहरी नेपाल बैरागी, छायाँछवि संगीत सम्मानबाट रुद्रशेखर शर्मा, छायाँछवि प्रदर्शक सम्मानबाट दिप्रश शाक्य, छायाँछवि कलाकारिता योगदान सम्मानबाट रोशन श्रेष्ठ, छायाँछवि कला सम्मानबाट विराज विष्ट, छायाँछवि संगीत सम्मानबाट अर्जुन खरेल र छायाँछवि फोटोग्राफी सम्मानबाट च्याङ्बा लामा सम्मानित रहेका थिए ।

१५ औं प्रिज्मा डि सिने अवार्डमा सांस्कृतिक प्रस्तुतीहरु पनि समेटिएको थियो । वरिष्ठ गायिका देवका वन्दना, गायिका माण्डवी त्रिपाठी, गायिका सहिमा श्रेष्ठले कार्यक्रममा गायन प्रस्तुती दिएका थिए भने अभिनेत्री पवित्रा आचार्य एवं मोडल प्रमिता राजघतानीले नृत्य मार्फत् मनोरञ्जन गराएका थिए । सोही अवसरमा हाँस्य कलाकार जीतु नेपालले आफ्नो हाँस्य प्रस्तुती मार्फत् मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा प्रथम अभिनेत्री भुवन चन्द, हाँस्य साम्राज्ञी बसुन्धरा भुषाल, मेलोडि किङ शम्भुजित बाँस्कोटा जस्ता मुर्धन्य व्यक्तिहरुको उपस्थित थियो । सोही अवसरमा वरिष्ठ निर्माता छविराज ओझा, आवाजको दुनियाको साथी दिनेश डिसी, वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्य संघका अध्यक्ष जनक कार्की, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, निर्देशक माधवराज खरेल, रंगपत्रकार एवं गीतकार सुमन वैरागी सहित विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सेट डिजाइन रमेश श्रेष्ठ, साउण्ड एरेन्जर छिरिङ भुटिया, व्यवस्थापन दिपक थापा, अफिसियल फोटोग्राफर बद्री थापा, स्टेज संयोजन कमला जोशी तथा सोविता सुर्खेतीको रहेको थियो ।  प्रिज्मा डि सिने अवार्डको निर्णायकमा वरिष्ठ लेखक, निर्देशक मोहन निरौला, वरिष्ठ रंग पत्रकार विजयरत्न तुलाधार, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा लेखक शोभिता सिंखडा रहेका थिए । सोही अवसरमा अवार्डका अध्यक्ष शान्तिप्रियले अवार्डको औचित्यमाथि स्वागत मन्तव्य राखेका थिए ।  कार्यक्रमको संचालन निराजन भण्डारीले गरेका थिए ।