Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)

Sunday, May 19, 2024 National Power

काठमाडौं – लोक डेउडा गायन क्षेत्रका धरोहर बरिष्ठ लोक डेउडा गायक दिपेन्द्र प्रसाद दहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ । कर्णप्रिय स्वरका धनि दिपेन्द्र प्रसाद दहाललाई चर्चित गायिका देवि घर्तिले स्वरमा साथ दिनुभएको छ भने कोरस गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रुपि सिञ्जाली मगर र प्रेम मगर रहनु भएको छ । गायक दिपेन्द्रको आफ्नै युटूव च्यानल जयकाली क्रियशनको प्रस्तुति रहेको उक्त गीतमा गायकका आफ्नै कान्छो छोरा बाल कलाकार श्रीजल दहाल र आरोही मल्लको मुख्य अभिनय रहेको छ ।

सत्यवती एकडेमी अत्तरिया कैलाली र गोलादेव फूटवयरको सहकार्यमा निर्माण गरिएको उक्त डेउडा गीतको दृश्य निर्माण खप्तड फिल्मस् छ्यान्कन अमृत उपाध्याय, निर्देशन भिम थापा, एरेन्ज कृष्ण बाजुराली, रेकर्डिङ द न्यु इरा रेकर्डिङ स्टुडियो अनामनगमा भएको हो । भिडियोमा श्रीजल दहाल र आरोही मल्लका साथै सत्यवती एकडेमी परिवारका छात्र, छात्राहरु डेउडा खेलमा सोही एकडेमीका प्रबन्धक बीर बहादुर कडायत, प्रिन्सिपल यशोदा ध्याडी कडायत एकडेमीका शिक्षक, शिक्षिकाहरु देखिएका छन् ।