Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

सुवेदीको चलचित्र सतीदेवी साउन ४ देखि प्रदर्शनमा आउने

Thursday, May 9, 2024 National Power

काठमाण्डौ – संचारकर्मी एबम् लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको सामाजिक विषयवस्तुमा बनेको चलचित्र सतीदेवी लाई साउन ४ गतेदेखि देशब्यापी प्रदर्शनमा गरिने भएको छ । चलचित्रलचई उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले फिल्मलाई वितरण गर्ने भएका छन् ।

नारीप्रधान यस चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री मलिका महत अभिनय गरेकी छिन भने रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, हर्षिका वली, मञ्जिला बाँनिया, सुजिता शिवाकोटीलगायत कलाकारहरूको पनि चलचित्रमा अभिनय रहेकोछ।

बाबु श्रेष्ठले छायांकन रहेको चलचित्र सतीदेवीलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन्। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियसन प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा र संवाद रहेकोछ।

चलचित्र सतीदेवीले विभिन्न चलचित्र महोत्सवहरुमा अवार्ड समेत पाइसकेको छ। दिलासा र साराको प्रस्तुती रहेको उक्त चलचित्रको निर्माण श्रीदेवी, दिलासा र सारा सुवेदी गरेका हुन् ।