Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक

Thursday, May 2, 2024 Devil Singh Rajput

काठमाडौं । गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ् मय’ कविता सङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक गरिएको छ । गोरखा सर्जक समाजद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा समालोचक डा वासुदेव त्रिपाठी, बमबहादुर जितालीलगायतका श्रष्टाले गोरखा–वाङ्मय र कवितासङ्ग्रह लोकार्पण गर्नुभएको हो ।

समालोचक वासुदेव त्रिपाठीले गोरखा–वाङ्मय र बादलमुनिका बस्तीहरूलगायतका सिर्जनाले नेपाली साहित्य भण्डारलाई बलियो बनाउन योगदान दिने बताउनुभयो । डा। नवराज कट्टेलले आख्यानात्मक सो वाङ्मयमा ४० वटा लेख रचनाले साहित्य, संस्मरण र जीवन र जगत्का विविध पक्षलाई उजागर गरेको चर्चा गर्नुभयो ।

समीक्षक रश्मि भट्टले ‘बादलमुनिका बस्तीहरू’ कवितासङ्ग्रहमा सर्जकले आफ्नो जागिरे जीवनमा लेखेर राख्नुभएको कविताको सँगालोभित्र अनेकौँ भोगाइका झलक भेटिएको बताउनुभयो ।

सो अवसरमा कार्यक्रम माझ बोल्नु हुदै गोरखा–वाङ्मयका सम्पादक दिपक न्यौपानेले गोरखा सर्जक समाजले स्थापनाको छोटो अवधिमा विभिन्न सर्जकका शिल्प सिर्जनालाई आम पाठकमाझ पस्कदै नेपाली साहित्यको जगेर्ना गर्ने कार्यमा उल्लेख्य रुपमा योगदान पुर्याउदै आएको बताउनुभयो ।

गोरखा–वाङ् मयका सम्पादक सुरेशकुमार भट्टले गोरखा सर्जक समाज संस्थाको गतिविधिलाई दीर्घकालीन बनाउन आजीवन सदस्य सङ्ख्या बढाउँदै आर्थिक रकम सङ्कलन गरी अक्षयकोषको स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

गोरखा–वाङ्मय दिपक न्यौपाने, वासुदेव भट्ट र सुरेशकुमार भट्टको सम्पादनमा तयार भएको हो भने ‘बादलमुनिका बस्तीहरू’ सर्जक विष्णुहरि अधिकारीले लेख्नुभएको हो ।

२०७५ सालमा स्थापना भई २०७५ सालमा नै संस्थापक अध्यक्ष समेत रहनुभएका साहित्यकार तुलसीप्रसाद न्यौपानेले पत्नीवियोगमा लेख्नुभएको कृति ‘स्‍मृतिमा कमला न्यौपाने’ बाट आफनो प्रकाशन यात्रा शुरु गरेको गोरखा सर्जक समाजले हालसम्म विभिन्न साहित्यकर्मीका एक दर्जन कृति प्रकाशन गरेको छ ।