Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

म्युजिक भिडियो निर्देशक समाजको अध्यक्षमा निर्देशक बबिता श्रेष्ठ निर्विरोध निर्वाचित

Sunday, April 28, 2024 National Power

काठमाण्डौ – म्युजिक भिडियो निर्देशकहरुको हक हितका लागि स्थापित नेपाल म्युजिक भिडियो निर्देशक समाजमा नयाँ कार्यसमिति चयन भएको छ । म्युजिक भिडियोकी निर्देशक बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा नयाँ कार्यसमिति गत शनिबार निर्विरोध चयन भएको छ ।

म्युजिक भिडियो निर्देशक समाजको काठमाडौंमा सम्पन्न दोश्रो अधिवेशन तथा तेश्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दुई वर्षको लागि बबिता श्रेष्ठ मलेकु चयन भईन ।

चलचित्र निर्देशक ऋषी लामिछाने, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी र कानुन व्यबसायी ताराकुमार श्रेष्ठको कमिटिले गराएको निर्वाचनमा प्रथम उपाध्यक्षमा डि आर सुजन, द्धितीय उपाध्यक्षमा जनक सिंह, महासचिवमा दयाराम घिमिरे, सचिवमा प्रविण थापा, कोषाध्यक्षमा छत्रबहादुर श्रेष्ठ (काजिस) र सह कोषाध्यक्षतमा अञ्जन पुडासैनी चयन भएका छन् । १५ जना पदाधिकारी रहेको नयाँ कार्यसमित सदस्यहरुमा सबै निर्विरोध चयन भएका हुन् । नयाँ कार्यसमितिको सदस्यहरुमा क्रमशः जयदत्त भट्ट, खमेश श्रेष्ठ, राजु श्रेष्ठ, देवेन्द्र कुँवर, राजकुमार दर्जी, सुरेन्द्र बसेल, रुद्रबहादुर बुढाथोकी र संगीत सागर बुर्जा रहेका छन् ।

म्युजिक भिडियो निर्देशक विधान कार्कीको अध्यक्षतामा संस्था तीन वर्ष अघि गठन भएको थियो । समाजको तेश्रो साधारण सभाको उद्घाटन शनिबार बिहान नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले गरेका हुन् । समारोहमा बरिष्ट म्युजिक भिडियो निर्देशक रोशन प्रताप राणालाई समाजका तर्फबाट सम्मानित समेत गरिउको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्तिष्ठानका उपकुलपति शम्भु राई कार्यक्रमका प्रमुख अतिथि थिए । उपकुलपति राईले संगीतको लागि म्युजिक भिडियो अपरीहार्य भएको बताउँदै म्युजिक भिडियो निर्देशकसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने पनि जनाए ।

शनिबार दिउँसो बिगठन गरिएको अघिल्लो कार्यसमितिका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डे, महासचिब सुव्रत आचार्य, सहसचिब समन अधिकारी, कार्यसमिति सदस्य गम्भिर बिष्टलगायतले समाजमा आफुहरु रहँदाको कार्य अनुभव सुनाए ।