Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

जुगल डंगोललाई यस वर्षको पिम नेपाल रतज सम्मान प्रदान गरिदै

Wednesday, April 3, 2024 National Power

काठमाण्डौ– पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले विगत ७ वर्षदेखी निरन्तर रुपमा आयोजान हुँदै आएको सातौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड )–२०२४ को सम्पुर्ण तैयारी पुरा भएको आयोजक कार्यक्रम व्यवस्थापक समितिका प्रमुख सनम कठायतले बताएका छन् ।

विगत सात वर्ष देखी आयोजना हुदै आएको उक्त समारोहमा सदा झै यस वर्ष पनि अवार्डका साथसाथै नेपाली गीत संगीत, कला साहित्य एबम पत्रकारिताको क्षेत्रमा योगादान पुर्याउँदै आउनु भएका तथा प्रतिभावान विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननिय भानुभक्त जोशीको प्रमुख आतिथ्यतामा भोली चैत्र २२ गते विहिवारका दिन ललितिपुर स्थित होटल स्क्वायरमा सम्पन्न हुनगईरहेको छ ।

पिम नेपालको आज बसेको कार्यसमितिको बैठकले सातौं राष्ट्रिय समावेशी अवार्ड को विशेष अवसरमा यस वर्षको संगीत रजत सम्मान बरिष्ठ संगीतकार जुगल डंगोललाई प्रदान गर्ने निर्णय गरेको छ । समारोहमा संस्कृतिविद् सम्मानबाट राष्ट्रिय साँस्कृतिक संघका अध्यक्ष चन्द्र कुमार राई (हतवाली), बरिष्ठ लेखक तथा साहित्यकार हरिसिंह थापा, पत्रकारिता सम्मानवाट बरिष्ठ पत्रकार राजन नेपाल, बालप्रतिभा सम्ममानबाट अशोक दर्जी, कला सम्मानवाट अभिनेता संजीत भण्डारी, संगीत पत्रकारिता पुरस्कारबाट रंगपत्रकार हरी दुलाल लगायत व्यक्तित्वहरु सम्मानित हुने आयोजक समितिका निर्देशक राजन थापाले बताए । संगीत पत्रकार दुलाललाई पिम नेपाल संगीत पत्रकारित पुरस्कारको लागी लोक संचारकर्मी नेपालले पुरस्कारको लागी छनौट गरेको थियो ।

गीत संगीतका माध्यमबाट नेपाली भाषा, भेषभुषा, कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले विगत लामो समय देखी आयोजना हुदै आएको समावेशी अवार्डको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिका संयोजक तथा पिम नेपालको महासचीव कमला जोशीले बताएकी छन् ।