Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न

Tuesday, March 26, 2024 National Power

चितवन – १२ गते सोमबार रत्ननगर ४ बगैंचा टोलमा नेपाल राष्ट्रिय कलाकार संघ चितवन र कैलाशेश्वर महादेवको संयुक्त रुपमा आयोजना गरिएको ‘होली विशेष २०८०’ बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम बीच सम्पन्न भएको छ ।

रत्ननगर ४ का वडाध्यक्ष रामकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संबोधन गर्दै चौधरीले होली पर्वले सबैमा एकता र सद्भाव कायम गराउने भएकाले परापूर्व कालदेखि नै यो पर्व मनाइदै आइएको र होली पर्व थारु जातिहरुले झन उत्साहपूर्वक मनाउने प्रचलन स्वरुप आफ्नो लागि समेत होली विशेष भएको बताउनु भयो ।

राप्रपा चितवनका उपाध्यक्ष जीवलाल पुरी लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो । होली कार्यक्रम उत्साहका साथ सम्पन्न भएकोले यस्तो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने कार्यक्रम संयोजक पिताम्बर आचार्यले बताउनुभयो ।