Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

एसएलसिकाे सर्टिफिकेट हराएका पराजुली काबा प्रधानन्यायधिष

Sunday, April 30, 2017 National Power

१७ बैशाख, काठमाडाैँ – नेपाली काँग्रेस र माअाेवादी केन्द्रका २५१ जना सभासदले प्रधानन्यायधिष सुशीला कार्की विरूद्ध महाअभियाेग प्रस्ताव दर्ता गरेपछि सर्वाेच्चका वरिष्ठ न्यायधिष गाेपाल प्रसाद पराजुलीले कार्यवाहाककाे जिम्मेवारी पाएका छन् । अाजै उनले पदभार ग्रहण गरेका छन् । केही समय अघि उनकाे एसएलसिकाे सर्टिफिकेट हराएर चर्चा पाएकाे थियाे ।

पराजुलीले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको आधारमा कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन् । सोमबार सार्बजनिक विदा भएकाले आइतबार बेलुकी नै पराजुलीले कार्यबाहकको जिम्मेवारी सम्हालेको स्रोतले बतायो ।

सरकारको निर्णयमा हस्तक्षेप गरेको आरोप लगाउँदै सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आजै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसका मिन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका टेकबहादुर बस्नेत समर्थक रहेको महाअभियोग प्रस्तावमा २५९ सांसदको हस्ताक्षर छ ।

यद्यपी हस्ताक्षरकर्ताले आफूहरुको हस्ताक्षर कीर्ते गरेको दाबी गर्दै आएका छन् । गृहमन्त्री विमलेन्द्र निधिले समेत महाअभियोगमा असन्तुष्टि जनाउँदै आजै राजीनामा दिएका छन् ।