Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

लव प्याकुरेलको अध्यक्षतामा आइएनएनएफमा नयाँ कार्यसमितिको गठन

Friday, March 1, 2024 National Power


काठमाडौं – इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आईएनएनएफ) ले बिहीबार आयोजित एक भव्य समारोहमा पाँच दशकभन्दा लामो समयदेखिको उल्लेखनीय योगदानका लागि नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्काको अतुलनीय समर्पण र असाधारण प्रतिभालाई कदर गर्दै चलचित्र स्वर्णिम सम्मान २०८० बाट सम्मानित गरिएको हो ।

कार्यक्रममा रमेश बुढाथोकी, राजकुमार राई, रवीन्द्र खड्का, गौरी मल्ल र करिश्मा मानन्धरलाई चलचित्र विशेष व्यक्तित्व सम्मान २०८० प्रदान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मानित व्यक्तिहरूलाई सम्मान पत्र र दोसल्लाले विभूषित गरेका थिए ।

कार्यक्रममा संस्थाको प्रथम साधारण सभापछि नयाँ कार्यसमिति गठन भएको छ । आईएनएनएफ केन्द्रीय समितिको अध्यक्षमा लव प्याकुरेल र उपाध्यक्षमा मानबहादुर थापा, प्रदीप लाल श्रेष्ठ र लक्ष्मण सुवेदी निर्वाचित भएका छन् । महासचिवमा रमेश कोइराला, सचिवमा भीष्मराज फुलारा र कोषाध्यक्षमा ठण्डबहादुर अधिकारीले जिम्मेवारी पाएका छन् । त्यसैगरी सदस्यमा राधेश्याम विश्वकर्मा, गणेश सुवेदी, विनोद चौलागाईं र मधु अधिकारी निर्वाचित भएका छन् ।

कार्यक्रममा ‘सिमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया पनि गरिएको थियो । चलचित्रकर्मी, उद्योग विज्ञ र सरोकारवालाहरूबीच नेपाली चलचित्र नेटवर्किङ, ज्ञान आदानप्रदान र सहकार्यको लागि कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष प्याकुरेलले बताए । अन्तर्क्रियामा सहभागीहरूले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सरकार र चलचित्रकर्मीबीच ठोस योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिए । प्रमुख वक्ता चर्चित अभिनेता नीर शाहले नेपाली चलचित्र उद्योगलाई थप विकासका लागि आफ्नो कमजोरी पत्ता लगाएर आत्मपरीक्षण गर्न आग्रह गरे ।

कार्यक्रममा कृष्ण मल्ल, तीर्थ थापा, शान्ति प्रिय, जनकदीप पराजुली, माधव खरेल, श्रीदेव बीएल, समीर बलामी, उत्तम के.सी., पुकार भट्टराई, रामेश्वर बुर्लाकोटी, नरेश पौडेल, ऋषि लामिछाने, शुष्मा कार्की, रोशनी के.सी., मनोज के।सी।, दिनेश के.सी., अमर वोली, विक्रान्त बस्नेत, राजेन्द्र बजगाईं, बसन्त अधिकारी, रघुनाथ सापकोटा, पवन के.सी., संजय खतिवडा, गीता अधिकारी, मुक्ति श्रेष्ठ, निर्जला अधिकारीलगायत चलचित्र क्षेत्रका कलाकार र प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमले नेपाली चलचित्र समुदायको एकता र ऐक्यबद्धता, सामूहिक उत्सवको भावना र उद्योगको प्रगतिप्रति प्रतिबद्धतालाई बढावा दिने विश्वास गरिएको छ ।