Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘सुगुप’को पुनः प्रदर्शन

Friday, March 1, 2024 National Power

काठमाडौं – फागुन । चलचित्र ‘सुगुप’ को १२ गते शनिबार बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा विशेष प्रदर्शनमा बिग मुभिजको दुईवटै हलमा दर्शकको खचाखच भिडका कारण ब्यवस्थापन मिलाउन निर्माणपक्षलाई हम्मेहम्मे परेपछि १७ गते बिहीबार माननीय उपसभामुख इन्दिरा राना मगरको उपस्थितिमा पुनः प्रदर्शन गरियो । प्रस्तुतकर्ता रबिन कुमार नाल्बोकी ममतामयी आमा मनमाया नाम्लोको बुधबार असामयीक निधन भएको शोकमा एक मिनेट मौनधारणा पश्चात चलचित्र सुरु गरिएको थियो । ‘सुगुप’ हेरिसकेकपछि अधिकांस दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको बिषयलाई अत्यन्तै सुन्दर ढंगले प्रस्तुत गरेकामा सुगुप चलचित्र कोसेढुंगा सावित हुने प्रतिक्रिया आएपछि नेपालमा मात्र नभएर विश्वभर रहेका नेपालीहरु माझ लिम्बु कथानक चलचित्र ‘सुगुप’ प्रदर्शन गरिने निर्देशक लोकेन साँवा लिम्बुले बताए ।

चलचित्र ‘सुगुप’मा यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, प्रेम सुब्बा, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरुको अभिनय रहेको छ । प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ ।

भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको निर्देशन लोकेन साँबा लिम्बुको रहेको छ । किराँत याक्थुङ चुम्लुङ काठमाण्डौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिशेष प्रदर्शन भएको हो । लिम्बु जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन रहेको प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी गराउनु भयो । भोली शनिबार मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यतामा बराह हल धरानमा सुगुपको विशेष प्रदर्शन हुदैछ ।