Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० को पाँचौ संस्करण सम्पन्न

Monday, February 26, 2024 National Power

काठमाडौं – रोयल मुभिज प्रालि र सिन्धुपाल्चोक सेवा समाजको संयुक्त आयोजनामा ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० को पाँचौ संस्करण केही समय पहिले दुबईमा सम्पन्न भएको थियो । बिबिध कारणले दुबईमा उपस्थित हुन असमर्थ रहेका कलाकारहरुलाई शनिबार नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरि अवार्ड तथा सम्मान प्रदान गरेको छ ।

कार्यक्रममा आयोजक संस्थाले दुबईमा संकलन गरेको तीस हजार नगद रुकुमका भूकम्प पिडितहरुको लागि सहयोग गरेको छ
। सिन्धुपाल्चोक सेवा समाजका प्रकाश पुरी, कल्पना के. सी. र रोयल मुभिज प्रालिले उक्त रकम उपलब्ध गराएको हो । 
नमोबुध्द नगरपालिकाका मेयर कुन्साङ लामाको प्रमुख आतिथ्यता र आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अवार्ड तथा सम्मान पाउनु हुनेहरुमाः
पावर्ती कार्की– काठे गायिका, 
रामसुन्दर थामी – काठे नव गायक,
 रमला पाख्रिन तामाङ्ग– पप गायिका,
 पक राना मगर – गीतकार ‘प्रोत्साहन’,
 सुमन बि.टी.– लोकदोहोरी नव गायक,
 तेज मान तामाङ्ग –भाषाभाषी ‘मेन्दोमाया गीतका’),
 अरुण कुमार गिरी र विकाश बिश्वकर्मालाई
–कला सम्मान, चन्द्र कुमार दोङ्ग 
– बिशेष सम्मान, सानुकाजी श्रेष्ठ 
– पत्रकारिता सम्मान, शिवराम भण्डारी
– संचारकर्मी सम्मान, चन्द्रमणी गौतम
– संचारकर्मी सम्मान, दिनेश भण्डारी 
– मोफसल पत्रकार सम्मान, नवराज हुँमागाँई 
– पत्रकार सम्मान, हनुमान यस्माली ‘सुदिप’
– कला सम्मान, हरि शरण फुयाल
– ब्यबसायी सम्मान, जयराज भट्ट 
– कला सम्मान, सूर्य तामाङ्ख 
– कला सम्मान, तारकेश्वर लोक खैँजडि भजन समुह 
– कदर–पत्र, राजन चौलागाँई ‘खैराँते’ 
– कला सम्मान, रमेश श्रेष्ठ 
– कला सम्मान, सुष्मा तयामि

फेसन डिजाईनर रहेका छन् भने अवार्ड बिजेताहरुः
अमृत चापागाँई – भिडियो सम्पादक,
अमृत पुडासैनी – काठे नव मोडल पुरुष, 
बिजय पुन – लोकदोहोरी मोडल, 
बिक्रम गौतम – मेकअप आर्टिस,
बिनोद सुन्दास – भिडियो निर्देशक,
गणेश सेञ्चुरी – लोकदोहोरी गायक,
गंगा राम राई – भिडिया छायाँकार,
कल्पना पराजुली – लोकदोहोरी गायिका ‘जुरी’,
भ्याली कोल्ड स्टोर – सम्मान पत्र,
करिष्मा ढकाल – मोडल महिला,
कृष्ण दोङ्ग तामाङ्ग – भाषभाषी ‘सेलो पप गायक’,
एलिना चौहान – आधुनिक गायिका,
कृष्ण रसाल – नृत्य निर्देशक रहेका छन् । त्यसैगरी निर्णायकहरुमा अर्जुन पाण्डे, गिता भट्टराई, राजु शर्मा,
उत्साह घिमिरे रहेका थिए ।