Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

लिम्बु भाषाको चलचित्र ‘सुगुप’ विशेषको प्रदर्शनी हुने

Friday, February 16, 2024 National Power

काठमाडौं –चलचित्र कलाको माध्यमबाट लिम्बू भाषा संस्कार, संस्कृति सम्वध्र्दन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘सुगुप’ आगामी फागनु १२ गते शनिबार र फागुन १७ गते विहीबार किराँत याक्थुङ चुम्लुङ काठमाण्डौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा बिशेष प्रदर्शन हुने बिहिबार पत्रकार भेटघाट कार्यक्रममा निर्माता सैलेन्द्र कुमार नाल्बोले जानकारी गराएको छ ।

चलचित्रमा लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा अलग हुन्छ सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा) हरुको के कस्तो भूमिका रहन्छ भन्ने देखाउन खोजिएको निर्देशक लोकेन साँवा लिम्बुले कार्यक्रममा बताउनु भयो ।

चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरुको अभिनय रहेको छ ।

यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङको शब्द, अशोक लोहरुङ राईको संगीत र राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ, सुमन लिम्बुको स्वर रहेको छ । त्यसैगरी देवेन्द्र खापुङ (सुरकेली) को पटकथा रहेको छ भने युवराज राई (वीरबहादुर) छायाङ्कन, विपिन्न मल्लको सम्पादन, रेनिस फागोको रंग संयोजन चलचित्रमा रहेको छ । रबिन कुमार नाल्बो लिम्बु प्रस्तुतकर्ता तथा मुख्य निर्माता रहेको उक्त चलचित्रमा निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो रहेका छन् । चलचित्रलाई नृत्य निर्देशक कमल राईको कोरियोग्रफि रहेको छ भने द्वन्द निर्देशन किशोर सम्बाहाङ्फे, कला निर्देशन निश्चल कुलुङ राई, मेकअप विजय लामा, सञ्जु थलङ, भेषभुषा बबिता नयोङहाङ, लिम्बु–नेपाली सबटाईटल डि.बि.आङबुङ, अंग्रेजी सबटाईटल गौतमराज खड्का रहेको छ ।

चलचित्रलाई निर्देशन लोकन साँवा लिम्बुको रहेको छ । भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको कथा/निर्माता/निर्देशन लोकेन साँबा लिम्बुको रहेको छ ।