Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

साधना म्यूजिक रिवार्ड फागुन १५ मा, शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट 

Sunday, February 11, 2024 National Power

काठमाण्डौ – नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको साधना म्यूजिक रिवार्ड – २०८० आगामी फागुन १५ गते आयोजना हुने भएको छ । साधना म्यूजिक रिवार्ड – २०८० को उत्कृष्ट ५ मनोनयन यस अघि नै प्रदान गरिसकिएको छ ।

हरेक वर्ष आयोजना गरिने साधना म्यूजिक रिवार्डमा हरेक वर्ष नै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने गरिन्छ । साधना म्यूजिक रिवार्ड – २०८० मा विगत ५ दशकदेखि अनवरत रुपमा सक्रिय संगीतकार, गायक तथा गीतकार मेलोडी किङ शम्भुजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

उनका प्रशस्त गीतहरु लोकप्रिय एवं चर्चित छन् भने उनी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत हुन् । समारोहमा अन्य संगीतकर्मीहरुलाई पनि सम्मान प्रदान गरिनेछ ।

मुलत: नेपाली गीत संगीतका विधामा समेटेर आयोजना गरिदै आएको रिवार्डमा नेपाली गीत संगीत, चलचित्र, साहित्य विधाका उल्लेख्य विशिष्ट व्यक्तिहरु बिचमा ‘रिवार्ड’ प्रदान गरिनेछ । साधना म्यूजिक रिवार्ड पहिलो र दोस्रो अवार्डका रुपमा रहेको थियो भने तेस्रोदेखि रिवार्डका रुपमा आएको हो ।

यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोक गीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पप तर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाँकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिदैछ ।

चौथो साधना म्यूजिक रिवार्ड फागुन १५ संघीय राजधानी काठमाडौंको गोगंबु स्थित बिजी ब्यान्क्वेट तथा इभेन्टमा आयोजना गरिने रिवार्डको अध्यक्ष सामना शाहले बताइन् ।