Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सिविसको संयोजनमा नागरिक समाजको बाल संरक्षण र्याली

Monday, November 20, 2023 Devil Singh Rajput

काठमाडौं । नागरिक समाजको तत्वावधानमा राजधानीमा बाल संरक्षण र्याली सम्पन्न भएको छ । बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस तथा अन्तरराष्ट्रिय बाल अधिकार  दिवस २०२३ को अवसर पारेर सोमबार  भद्रकालीबाट शुरु भएको उक्त र्याली कार्यक्रम शहिदगेट, न्यूरोड गेट हुँदै शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।  समाज सेवा तथा मानवअधिकारमा महिला तथा बालबालिका (सिविस) को संयोजनमा एनटिभि न्युज -सचेतना कार्यक्रम र शैली थियटरसहित  बालबालिकाको क्षेत्रमा कृयाशिल देशभरका करिब ५० गैर सरकारी संस्थाहरुद्धारा संयुक्त रुपमा आयोजित उक्त  र्यालीमा करिब ५ सय जनाको सहभागिता रहेको थियो । “हाम्रा बालबालिकाको निर्दोषताको रक्षा गरौं”, “बाल यौन दुव्र्यवहारको उजुरि गरौं, बालबालिकालाई बचाऔं”, “मनोरंजन क्षेत्रमा बालबालिकाको प्रयोग नगरौं”, से एस टु चाईल्ड सेफ्टी, नट टु एबुज”, “सुरक्षित बाल्यकाल हरेक बालबालिकाको अधिकार” भन्ने लगायतका बाल दुव्र्यवहार विरुद्ध तथा बाल अधिकारसँग संबन्धित विभिन्न नारासहितका प्लेकार्ड बोकेर अधिकारकर्मि एवं शुभेच्छुकहरु र्यालीमा सहभागी थिए ।

सो अवसरमा  सिविसका एडभोकेसी एडभाईजर युवराज घिमिरे र राष्टि««य बाल संरक्षण संजालका अध्यक्ष किरण थापाले सभालाई संबोधन गर्नूहुँदै बालबालिकामाथि हुने हिंसा तथा बालदुब्र्यवहार, खासगरी बालयौन दुब्र्यवहार, बालबालिकाको बेचविखन तथा बालश्रम, बुलिङ लगायतका दुब्र्यवहार विश्वकै  डरलाग्दो र खतरापूर्ण समस्याको रुपमा अगाडि आइरहेको उल्लेख गर्नूहुँदै बालदुव्र्यवहार रोकथामको संस्कृतिलाई बढवा दिन र यस विषयमा जनचेतना अभिबृद्धि गर्न, जनमानसका अभिव्यक्तिहरू तथा कार्यहरू एकआपसमा आदानप्रदान गर्दै  रोकथामका कार्यक्रमहरूको सहि विरतणको सुनिश्चिततालाई विश्वव्यापीकरण गर्न हातेमालो गर्न जरुरत रहेको बताउनुभयो ।

सो अवसरमा शैली थियटरकातर्फबाट  कुरिकुरि शिर्षकमा सचेतनामुलक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा बाल अधिकारकर्मिहरु प्रकाश खतिवडा, अनिता पाण्डे, संचारकर्मी सरोज ओझा लगायतको सहभागिता रहेको थियो ।

नागरिक समाजले यस अघि राष्टि««य बाल भेला आयोजना गरि बालबालिकाबाट प्राप्त सुझाव संकलन गरेको छ । बालबालिकाहरुले आफना भोगाई र अपेक्षा बारे राखेका विषयलाई  प्रधानमन्त्री, सभामुख लगायतका अन्य तालुकात एवम् नीतिगत तहसम्म पुर्याउने नागरिक समाजले जनाएको छ ।