Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

गायक कन्हैया सिंह परियारको ‘आँखी झ्यालैमा‘ सार्वजानिक

Wednesday, November 8, 2023 National Power

काठमाडौं– प्रसिद्ध गायक कन्हैया सिंह परियार करिव आठ महिनापछि आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘आँखी झ्यालैमा’ बोलको यो गीतका म्युजिक भिडियो गायक सिंहको ‘कन्हैया सिंह परियार’ यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतमा बिपिन आचार्यको शब्द, संगीत तथा संगीत संयोजन छ ।

अञ्जना गुरुङ तथा अपेक्षा गुरुङ निर्माता रहेको यो गीतको अडियो तथा भिडियो टिका गोपाल डिजिटल एम.क्रिएशन प्रा.लिले तयार पारेको हो । गीतको भिडियोमा बिपिन आचार्यकै कथा तथा निर्देशन छ । भिडियोमा गायक कन्हैया सिंह परियार, प्रेक्षा बानिया तथा सञ्जीव तामाङलाई फिचर गरिएको छ । विजय रुम्बा यो भिडियोका छायांकार तथा सम्पादक हुन् ।

भिडियोमा गायक परियारले अभिनय तथा नृत्यसमेत गरेका छन् । फरक गेटअपमा देखिएका गायक परियारलाई भिडियोमा अभिनय गरेको सुहाएको छ । गायक परियारले निर्देशक निर्देशक आचार्यको अनुरोधमा अलि पृथक भूमिकामा देखिएको बताएका छन् ।