Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक

Sunday, October 15, 2023 National Power

काठमाण्डौ– निर्माण कम्पनी एरा प्रोडक्सनले आफ्नो नयाँ चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक गरेको छ । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन ।

माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा अनिता कुँवर र कृष्णा आचार्यले एसोसियट निर्माताको रुपमा रहेका छन् भने सह निर्माता समिर खान रहेका छन् ।

चलचित्र चिट्ठीमा प्रमुख कलकारका रुपमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् भने विशेष भुमिकामा बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा पत्रकार समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले चलचित्रमा संगीत भरेका छन् । चलचित्रमा शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको स्वरमा रहेको छ । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।

जीवन पराजुली एबम् राजन खरेलको छायाङ्कन, किरण दाहालको द्धन्द्ध निर्देशन, कृष्ण बहादुर कार्की प्रोडक्सन डिजाइनर, अमृत चापागाई पोष्टर एबम् साहिल खान पब्लिसिटी डिजाईनरका रुपमा रहेको चलचित्र चिट्ठीलाई काठमाण्डौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न स्थानमा छायाङ्कन गरिएको थियो ।

चलचित्रलाइ अच्यूत बजगाइ र माधव खरेल सम्पादन गरेका हुन् । समिर मियाँको कलर तथा भिएफ्एक्स रहेको चिट्ठीमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ तथा डिजाईन रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।