Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चिट्ठीको पोष्ट प्रोडक्सन सकियो, प्रचार प्रसारको तयारीमा निर्माण पक्ष

Tuesday, October 3, 2023 National Power

काठमाण्डौ– संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ ।

कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा पत्रकार समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले संगीत भरेका छन् । शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको स्वरमा ती गीतहरु रेकर्ड भएका हुन् । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।

जीवन पराजुली एबम् राजन खरेलको छायाङ्कन रहेको चिट्ठीलाई काठमाण्डौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीयस्थल छायाङ्कन गरिएको थियो । अच्यूत बजगाई, राजेश कुमार र माधव खरेल सम्पादन रहेको उक्त चलचित्रमा समिर मियाँको कलर तथा एनिमेसन रहेको छ । चलचित्रमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।