Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

जापानमा अवार्डसहित सांस्कृतिक कार्यक्रमको तयारीमा एएमएस ईन्टरटेण्मेण्ट

Monday, September 11, 2023 Devil Singh Rajput

टोकियो । एएमएस ईन्टरटेण्मेण्ट जापानमा अवार्डसहित सांस्कृतिक कार्यक्रमको तयारीमा जुटेको छ । पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने अभियानसहित समृद्ध नेपाल निर्माणमा  योगदान दिने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको एएमएस ईन्टरटेण्मेण्टकी प्रमुख सत्यकला लामाले बताएकी छिन् ।

गत शुक्रबार नेपालबाट टोकियो आईपुगेकी लामालाई नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुकुमान थिङ तामाङ,नेपाल तामाङ समाज जापान अध्यक्ष कर्साङ तामाङ, शेर्पा संघ जापान अध्यक्ष सोनाम शेर्पा, नेपाल मगर संघ जापान अध्यक्ष ओम काउचा मगर, तमु धिं जापानका अध्यक्ष रमेश कुमार गुरुङ, थकाली सेवा समिति जापान अध्यक्ष बुद्धि गौचन, किराँत याक्थुङ चुम्लुङ, जापान अध्यक्ष सुदीप पालुङवा, नेफिन जापानकी महासचिव समेत रहेकी  किराँत राई यायोक्खा, जापान प्रतिनिधि प्रमिला राईले स्वागत गरेका छन् । लामाले नेपाली संघसंस्थाका अगुवाहरुसँगको भेटघाटका क्रममा सहयोग एवं सहकार्यका लागि आग्रह गरेकी थिईन् ।

छलफलका क्रममा जनजाती महासंघ जापानका अध्यक्ष सुकुमान तामाङ्ग लगायतले नेपालको पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने अभियानसहित समृद्ध नेपाल निर्माणमा  योगदान दिने उदेश्यका साथ जापानमा कार्यक्रम आयोजना गर्न लागेकामा खुसी व्यक्त गर्दै सहयोग र सहकार्यका लागि प्रतिबद्धता समेत व्यक्त गरेका छन् । अन्य संघ संस्थाका पदाधिकारी एवं नेपाली समुदाय र जापानीहरुसँग समेत सहकार्यका लागि छलफल गर्ने कार्यक्रम रहेको लामाले बताएकी छिन् ।