Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मिस नेवाः नेपाल ११४३” का सहभागीलाई व्यक्तित्व विकास अन्तर्गत साैन्दर्य तथा कपालकाे स्याहार सम्बन्धि प्रशिक्षण

Saturday, July 15, 2023 Devil Singh Rajput

काठमाडौं । फेसन हाेमले बार्षिक रुपमा आयाेजना गर्दै आएकाे “नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३” काे १७ औँ संस्करणकाे आज व्यक्तित्व विकास अन्तर्गत साैन्दर्य तथा कपालकाे स्याहार सम्बन्धि प्रशिक्षण दिईयाे । मिस नेवा:नेपाल ११४३ अन्तर्गत सदा झै नेवार कला, संस्कार तथा संस्कृतिकाे जगेर्ना गर्नुकाे साथै एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण गर्नकाे लागि नेवार युवतिहरुलाई मिस नेवा: तालिमकाे क्रममा नेवार कला, भाषा, संस्कार, संस्कृति अन्तरगत नेवार भाेज, नेपालभाषा लिपि, पुजा तथा लाखबत्ति कार्यक्रमहरुका साथै नेतृत्व विकास, आत्मसुरक्षा कला, उदघाेषण कला जस्तो कार्यक्रमहरु संचालन भईरहेकाे छ।

कार्यक्रममा १७जना नेवारl युवतिहरुले सहभागिता जनाएका छन भने उक्त कार्यक्रममा मुख्य काेरियाेग्राफरमा राेजिन शाक्य, नेपालभाषा प्रशिक्षक राजु नापित, कार्यक्रम संयाेजकमा कृषा महर्जन रहेका छन ।