Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चलचित्र कलाकार संघद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

Monday, May 29, 2023 National Power

काठमाडौं –नेपाल चलचित्र कलाकार संघको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष भ्रष्टाचार, दण्डहिनता, अनियमिततालगायत अपराधजन्य क्रियाकलापको अन्त्य गर्न माग गरेको छ । संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाई गर्नुपर्ने भन्दै लिखित रूपमा ध्यानाकर्षण गराएको हो ।

संघको परिचयपत्रवाहक कलाकारहरूलाई सिंहदरबारलगायतका प्रशासनिक केन्द्रहरू प्रवेशमा सहजता माग गरिएको सो ध्यानाकर्षण पत्रमा धापासीस्थित नेपाल चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगका लागि अनुरोध गरिएको छ । विशिष्ट चलचित्रकर्मीलगायत प्रबुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अर्बौं रकम सिभिल सहकारीले अपचलन गरेकामा सो रकम सम्बन्धित पीडितलाई फिर्ता गराउन पनि अनुरोध गरिएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको सुशासन र विकासको लागि बाधक तत्वका रूपमा रहेको भ्रष्टाचारको न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताउँदै कलाकारलाई सुविधा तथा सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी गराउनुभयो ।

प्रतिनीधि मण्डलमा संघका संरक्षक बसुन्धरा भुसाल, सल्लाकार दिनेश डिसी, विशिष्ट कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, सरिता लामिछाने, वरिष्ठ कलाकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्य चेतन सापकोटा, संघका निर्वतमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष कविता गेलाल, उपाध्यक्ष शिवहरि नेपाल ‘बैरागी’, महासचिव सविन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटुवाल, सह-कोषाध्यक्ष पवित्रा आचार्य तथा केन्द्रीय सदस्यहरू गोपाल ढकाल ‘छन्दे’, उद्धव भट्टराई, केन्द्रीय सदस्य पवन केसी, पुकार भट्टराई, सरिता राजोपाध्याय तथा नम्रता खरेल सहभागिता थियो ।