Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

तेस्रो हिमालयन अन्तराष्ट्रिय अवार्डमा गायक हरि कर्माचार्यको पिरतीको बाटोमा.. बोलको गित लाई आधुनिक विधा तर्फको सर्वउत्कृष्ट अवार्ड

Monday, April 24, 2023 National Power

तेस्रो हिमालयन अन्तराष्ट्रिय अवार्ड एक विशेष समारोहका बिच काठमाडौंमा सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तराष्ट्रिय अवार्डको तेस्रो संस्करणमा गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच मध्ये बाट पनि सर्वउत्कृष्ट हुने लाई अवार्ड प्रदान गरिएको थियो ।

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराको साथ वैशाख ९ गते शनिबारका दिन जमलमा रहेको होटल यल्लो पगोडामा एक विशेष भव्य समारोहबीच उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो ।

अवार्डमा आधुनिक विधा तर्फ उत्कृष्ट पाँच मध्ये बाट पनि सर्वउत्कृष्ट भइ पिरतीको बाटोमा.. बोलको गित बाट गायक हरि कर्माचार्यले अवार्ड हात पार्न सफल भएका थिए । हाल अमेरिकामा रहेका गायक हरि कर्माचार्यले पछिल्लो समय एक पछी अर्को गरि अवार्डहरु हात पारिरहेका छन् । कर्माचार्यले अस्ति भर्खरै सम्पन्न राष्ट्रिय समावेशी म्युजिक अवार्ड निम अवार्ड २०२३ मा सर्वउत्कृष्ट भइ पिरतिको तालमा बोलको गित बाट पनि अवार्ड हात पारेका थिए ।

संगित क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हरि कर्माचार्य एक सुपरिचित नाम हो । संगितककै शिलसिलामा थाइल्याड, हङकङ, कतार, भारत, अमेरिका लगायत विभिन्न देशहरुमा गएर आफ्नो बोजोड प्रस्तुती दिइरहेका छन् । कर्माचार्यको आकाशैमा चिल उड्यो फनन, पिरतिको तालमा, हेर्न देऊ तिम्रो मुहार, टाटा गाडीमा, दार्जिलिङको रेल, हल्ला मच्चियो, ज्यानमारा जोवन, टाटा वाइवाई, आउने भए आउ माया र ओठको मुस्कान लगायतका सयौ लोकप्रिय गितहरु बाट एक पछि अर्को गरि सर्वउत्कृष्ट भइ अवार्ड तथा सम्मानहरु प्राप्त गरिरहेका छन् । उनले आजभन्दा १५ वर्ष अगाडि गायको पिरतीको तालमा र मायाको डोरीले बोलको गित आजसम्म पनि सर्वाधिक रुचाइएको छ ।

तेस्रो हिमालयन अन्तराष्ट्रिय अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भाषाभाषीका गीतका सर्वउत्कृष्टहरु लाई अवार्ड प्रदान गरिएको थियो ।