Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

तरुणको बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम भव्य रुपमा सम्पन्न 

Monday, April 24, 2023 National Power

काभ्रेपलान्चोक – नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमिती काभ्रेको समन्वयमा नेपाल तरुण दल काभ्रे प्रदेश सभा २(ख) क्षेत्रिय कार्यसमिति र नेपाल तरुण दल बनेपा नगर कार्यसमितिको आयोजनामा बधाई, शुभकामना, पद हस्तान्तरण एव कार्यसमिति बिस्तार कार्यक्रम सम्पन्न गरेको छ । हिजो शनिबार बनेपाको पाटी भेन्युमा नेपाल तरुण दल प्रदेश कार्यसमिति र बनेपा नगर कार्यसमितिलाई पद हस्तान्तरण तथा मन्त्रीहरुलाई बधाई कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य, नेपाली कांग्रेस बाग्मती प्रदेश संसदिय दलका नेता एवं बाग्मती प्रदेश सरकारको अर्थ मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस निबर्तमान केन्द्रिय सदस्य शिव प्रसाद हुमागाई, बाग्मती प्रदेश महामन्त्री राजु श्रेष्ठ , नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति एवं बाग्मती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिचाइ मन्त्री तिर्थ लामा र बागमति प्रदेश पुर्ब सासद नरोत्तम बैधको उपस्थितिमा सुधीर बैधको सभापतित्व सम्पन्न भएको थियो । 

नेपाल तरुण दल काभ्रे प्रदेश सभा २ (ख) क्षेत्रिय कार्यसमिति नहकुल केसिको सभापतिमा २१ सदस्य समिति गठन भएको छ । नेपाल तरुण दल बनेपा नगरकार्यसमिति विवेक बैजुको सभापतिमा २१ सदस्य समिति सदस्य गठन भएको थियो । नेपाली कांग्रेस काभ्रे जिल्लाका नेताहरुको उपस्थितिमा नेपाल तरुण दल प्रदेश कार्यसमिति र बनेपा नगर कार्यसमितिलाई पद हस्तान्तरण तथा मन्त्रीहरुलाई बधाई कार्यक्रम सम्पन्न भव्य रुपमा सम्पन्न भएको
नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति संगम थापाले जानकारी दिनु भयो । 

उता नेपाली कांग्रेस र तरुण दलका कार्यक्रम तथा गतिविधिहरुमा सक्रिय जुझारु युवाहरुलाई समेटेर समावेशी समानुपातिक हिसाबले समिति विस्तार गरिएको नेपाल तरुण दल काभ्रे जिल्ला उप-सभापति बिजेन रंजितले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।