Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

Monday, April 10, 2023 Devil Singh Rajput

काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम. ओ. यू. सम्झौता भएको छ । आज एक कार्यक्रमको आयोजना गरि चिरायू अस्पतालको सभाकक्षमा चिरायु अस्पतालका तर्फबाट निर्देशक सन्जिव राजभण्डारी र एन. एफ. एच इभेन्टस प्रा.लि. का अध्यक्ष हेमा मानन्धर बीच स्वास्थ्य उपचार सम्वन्धी दुई पक्ष बीच सम्झौता भएको हो ।

आज भएको सम्भौता अनुसार नेप्लिज फेशन होमको सिफारीमा चिरायु अस्पतालमा उपचार गर्न आउने बिरामीका लागि बिभिन्न शीर्षकमा २५ प्रतिशत देखि ५० प्रतिशतसम्म डिस्काउन्टको सुविधा पाउने छन् । त्यसै गरि चिरायू अस्पतालले बिरामीका लागि एम्वुलेन्स सेवा निशुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

एनएफएच इभेन्टस प्रा.लि. ले बिगत १६ बर्षदेखि काठमाडौंमा मिस नेवा प्रतियोगिता लगायत विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको छ । काठमाडौंको बसन्धारामा रहेको चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि.मा युरोलोजिष्ट र नेफ्रोलोजिष्ट विभागमा प्रा. डा उत्तम कुमार शर्मा, अर्थापेडिक विभागमा प्रा. डा दिपक प्रकाश महरा, प्रा डा. अर्जुनप्रसाद लामिछाने र सुनिलजंग थापा, मनोसामाजिक डा. पवन शर्मा र ग्यास्ट्रो अनुराग झा लगायतका अनुभवी दक्ष चिकित्सकबाट विभिन्न किसिमका सेवा उपलब्ध गराउदैँ आएको छ ।

त्यसै गरि आजै चिरायू अस्पतालले दोलखा मच्छिन्द्रनाथको जात्रालाई मध्ये नजर गरि केहि स्वास्थ्य किट र औषधी उपलब्ध गराएको छ ।
आजको कार्यक्रममा नेप्लिज फेशन होम्की अध्यक्ष हेमा मानन्धर, समाजसेवी अनुउर्मिला शेरचन, पत्रकार त्रिलोचन प्रधान, मिस नेवा कृषा महर्जन र सलिना मर्हजनको उपस्थिति रहेको थियो भने अस्पतालको तर्फबाट प्रमुख ब्यक्तित्वसँगै डिपार्डमेण्ट प्रमुख लगायत सिफ्ट इन्चार्जहरुको सहभागिता रहेको थियो ।