Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘बेथानचोक खबर डटकम’ छैठौं बर्षमा प्रवेश

Sunday, April 2, 2023 National Power

पाँचौं वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण पाठक, श्रोता–दर्शक, समाचार स्रोत, लेखक,विज्ञापनदाता, शुभेच्छुक सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं । पाँच बर्षको यात्रामा अनेक उकाली–ओराली र समस्या–संकटहरू देखे–भोगेका छौं र त्यसलाई कुशलतापूर्वक छिचोल्दै आएका पनि छौं । सांघुरो बजार र जनशक्ती अभावले मोफसलका अनलाइन डिजिटल पत्रिका लगायत संचार माध्यम संचालनमा आर्थिक चुनौती थपिएको छ ।

विगत एक वर्षको अवधि साँच्चै नै असामान्य रह्यो । विश्वव्यापी महामारीको रुपमा फैलिएक कोभिड–१९ बाट सिर्जित कठिनाइ, समस्या र महासंकटको सामना गर्न सजिलो थिएन । तर तपाईंहरू सबैको शुभेच्छा एवम् सहयोग पाएर हामीले यसलाई धेरै हदसम्म चिर्न सफल भएका छौं । हामी कोभिडपछिको परिदृश्यलाई ख्यालमा राख्दै अझ परिस्कृत, परिमार्जित एवम् नयाँ परिवेशको आवश्यकताअनुरूप चुस्त–दुरुस्त हुँदै छौं ।राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताको सवालमा हामीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैनौं ।

पत्रकारिताका मूलभूत सिद्धान्तलाई आत्मसाथ गर्दै नागरिक अधिकारको पक्षमा निरन्तर पैरवी गर्नेछौ । लुकेका र लुकाईएका कुराहरु उजागर गर्दै समुन्नत समाजको निर्माणमा खबरदारी र साझेदारी गरेर हामी अगाडी बढ्नेछौं । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ ।

सुगम देखि दुर्गमसम्म, सहरदेखि गाउँसम्मका सबैखाले मुद्दाहरुमा विशेष केन्द्रित बेथानचोक खबर डटकममा ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोस्ट हुन्छन् । कसैप्रति आग्रह÷पूर्वाग्रह नराखी सत्यतथ्यमा आधारित व्यावसायिक पत्रकारितामा हामिले जोड दिंदै आएकोे कुरा पुनःआमपाठकसमक्ष दोहो¥याउन चाहन्छौं ।

अनलाइन पत्रकारिता मार्फत काभ्रे जिल्ला भित्रका विकृति विसंगति संगै लुकेको र लुकाइएको हरेक खबरहरुलाई निरन्तर सम्प्रेषण गर्नेछौं । अन्त्यमा बेथानचोक खबर डटकमप्रति यहाँहरुले देखाउनुभएको सदाशयताको कदर गर्दै सुझाव र सहयोगको अपेक्षासहित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।