Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बरिष्ठ कलाकार मोहन निरौलाद्वारा प्यानल सहित अध्यक्षमा उम्मेदवारी घोषणा

Thursday, March 16, 2023 National Power

काठमाडौँ-चैत्र ४ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको १९ औँ महाधिवेशनबाट चुनिने नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि बरिष्ठ कलाकार मोहन निरौलाले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि उनले सम्पूर्ण पदाधिकारीसहितको प्यानल घोषणा गरेका हुन् ।

निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल उम्मेदवार रहेका छन् भने महासचिवमा सविन श्रेष्ठ रहेका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल, सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामाले उम्मेद्वारी दिएका छन् । निरौलाकै प्यानलबाट सहकोषाध्यक्षमा चुनाव लड्न लागेकी पवित्रा आचार्य भने निर्विरोध निर्वाचित भएकी छन् । उनका प्रतिष्पर्धि रोहित रुम्बाले उम्मेदवारी फिर्ता लिएपछि उनि बुधबार नै निर्वाचित भएकी थिइन् ।उम्मेदवारी घोषणा गर्दै निरौलाले संगठन सुदृढीकरण र कलाकारिता पेशाको गरिमा बढाउन उम्मेदवारी दिएको बताए । उनले भने, “मलाई जिताएमा संगठन सुदृढिकरण र कलाकारिता पेशाको गरिमा बढाउनका लागि अग्रजको निर्देशन र क्रियाशिल कलाकारको सल्लाह अनुसार कार्य सम्पादन गरीने छ । कलाकारहरुलाई आफ्नो पेशा प्रति जिम्मेवार र नैतिकवान बनाउँन पहल गर्ने कलाकारहरुलाई सुरक्षाको प्रत्याभूति गराउने तथा कलाकारको इतिहासलाई सुरक्षित गर्ने काममा लाग्नेछु ।”