Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रिहा भए पल शाह

Monday, February 27, 2023 National Power

काठमाडौँ-अभिनेता पल शाह रिहा भएका छन्। नाबालिक बलात्कारको आरोप लागेपछि गत बर्ष फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका शाह ठिक एक बर्षमा आज तनहुँ कारागारबाट रिहा भएका हुन्।

उनको रिहाईको क्रममा परिवारका सदस्यहरु, साथीभाई तथा समर्थक उपस्थित भएका थिए। शाहको समर्थनमा नाराबाजी चलेको थियो। रिहाई भएपछि शाहले दुखको समयमा आफूलाई साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे। आइतबार उच्च अदालत पोखराले अभियोग नपुगेको भन्दै उनलाई सफाइ दिएको थियो। न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको हो । जिल्ला अदालत नवलपुरले शाहलाई साढे दुई जेल सजाय तोकेपछि उनि कारागार चलान भएका थिए। त्यस्तै शाह माथि सोहि प्रकारको मुद्दामा जिल्ला अदालत तनहुँले पनि सफाई दिएको थियो ।