Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रोहित दंगालले गरे आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमलाई खाद्यान्न सहयोग

Wednesday, February 1, 2023 National Power

काभ्रेपलान्चोक – पछिल्लो समय आफ्नो जन्म दिनलाई धेरैले भड्किलो तवरले मनाउने गरेका छन् ।धेरै रकम खर्च गरेर पार्टी प्यालेसमा जन्म दिन मनाउने चलन बढ्दो छ ।तर केहीले भने जन्म दिनलाई बृद्धाश्रम र विद्यालयमा मनाउने गरेका छन् । बनेपा नगरपालिका ३ निवासी रोहित दंगालले जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रमा खाद्यान्न सहयोग गर्नुभएको छ । हाल अस्ट्रेलियामा रहेर पनि नेपालमा सहयोग गर्नु भएको छ । 

रोहित दंगालले आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमा खाद्यान्न सहयोग गर्नु भएको हो । आर्शु स्मृति प्रतिस्ठान नेपाल बनेपाको सहकार्यमा उक्त खाद्यान्न सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा चामल ५ मोरा, दाल १० किलो, क्वाटी ७ केजि, बेसार १/२ केजि, जिरा धुलो १/२ केजि, तेल ५ लिटर, नुन ४ केजि लगायत सामाग्री सहयोग गरिएको थियो ।

खाद्यान्न सहयोग वितरण कार्यक्रममा आर्शु स्मृति प्रतिस्ठान नेपाल बनेपा-८ का रुपेश काफ्ले, युवा नेता तथा समाजसेवि राजन अधिकारी, राम प्रसाद दंगाल, केदार प्रसाद दाहाललेको उपस्थितिमा खाद्यान्न सहयोग गरिएको थियो ।

जन्म दिनमा हुने फजुल खर्चलाई आफुले सानो भएपनि सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले केहि वर्ष यता जन्म दिनको खर्च कटौती गरेर फरक तरिकाले मनाउने गरेको दंगालले बताए । मुख्य त जन्म दिनमा फजुल खर्चलाई सहि ठाउँमा व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता आफुमा रहेको दंगालले बताए ।

हरेक जन्मदिन, आमाको पुण्य तिथी जस्ता दिनहरुमा यस्तै अनाथालय, बृद्धआश्रमहरुमा खाद्यान्न सहयोग, मठ-मन्दिर निर्माण जस्ता कार्यहरु गर्ने गरेको र विगतमा गएको भुकम्प, कोरोना महामारीहरुमा निरन्तर सामाजमा सहयोग गर्दै आएको बताउनु भयो ।