Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन

Tuesday, January 24, 2023 National Power

 

काभ्रेपलान्चोक – कपिलबस्तुको बाणगङ्गा नगरपालिकाकी २४ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साँढे २ बर्षपछि अभियुक्तहरु दोषी ठहर भएका छन् । चार दिनको निरन्तरको बहस पछि पुस २१ गते बिहीबार पाँचै जना अभियुक्तलाई दोषी ठहर गरेको हो ।

सुस्मिता केसीले न्याय पाएकोमा देशै भरी मन्जुश्री असहाय संरक्षण केन्द्र केन्द्रीय परिवार र सम्पुर्ण शाखा सम्पुर्ण सदस्य तथा शुभेच्छुकद्वारा दिप प्रज्वलन गरिएको छ । केहि दिन अगाडि माइतीघर लगायत अन्य जिल्लाको सदरमुकाममा दिप प्रज्वलन गरिएको थियो । मन्जुश्री असहाय संरक्षण केन्द्रकी केन्द्रीय अध्यक्ष मन्जु खांडले न्यायको लागी हरपल आवाज उठाइ दिएको समाजसेवि तथा सञ्चारकर्मी राजन थापाले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।             

३ वर्ष अगाडि देखी मन्जुश्री असहाय संरक्षण केन्द्रले सुस्मिता केसीको न्यायको लागि आवाज उठाउदै आएको थियो ।मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजालसले मृतक सुस्मिताको सासु, ससुरा, २ जना नन्द र जेठी नन्दकी श्रीमानलाई दोषी करार गरेको हो ।