Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

काठमाडौँबाट उडेको १८ मिनेटमा विमान दुर्घटना : नागरिक उड्ययन प्राधिकरण

Sunday, January 15, 2023 National Power

काठमाडौं – पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन-एएनसी जहाज दुर्घटनाअघिसम्म सम्पर्कमै रहेको पाइएको छ । अन्तिमक पटक १०ः५० मा सम्पर्कमा आएको पाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार काठमाडौंबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग १०ः५० मा सम्पर्कमा आएको थियो । सो बेला जहाज सेती खोंच भन्ने स्थानमा थियो । त्यसपछि जहाज दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण अझै खुलेको छैन । काठमाडौंबाट पोखरासम्मको उडान दूरी २५ मिनेटको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना यात्रु थिए । केन्द्रका अनुसार पोखरामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन भएका थिए । थप हेलिकप्टरसमेत तयारी अवस्थामा रहेको केन्द्रले जनाएको छ ।