Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

जुनकिरी निर्देशन गर्दै विशाल

Wednesday, January 25, 2017 National Power

नेपाली चलचित्रको बजार फेरी जगमगाएको बेलामा चलचित्रहरु पनिआशाका दिप बालेर धमाधम छायाँकन भइरहेका छन् । यसै क्रममा काभ्रेमा चलचित्र जुनकेरीको तिव्र गतिमा छायाँकन भभइरहेको भेटियो । चलचित्रमा पुराना कलाकार मोहन निरौला अभिनय गरिरहनु भएको थियो । केहि समयपछि विश्राम यो र नव निर्देशक एवं नायक विशाल विष्टसँग भलाकुसारी भयो । उनले यो चलचित्रको कथाको पोल अहिल्यै नखोल्न आग्रह गरे र सम्पूर्ण छायाँकन सकेर एकैचोटी मिडियालाई जानकारी दिने बताए । यो चलचित्रको प्रमुख भूमिकामा विशाल विष्ट, नविन श्रेष्ठ, मोहन निरौला, प्रभा पोखरेल, सवि विष्ट आदिको रहेको छ । चलचित्र जुनकेरीले विशाल विष्ठको भविष्य निर्देशनमा जम्ने हो या पुनः कलाकारीतामै फर्कनुपर्ने हो आगामी दिनले देखाउने नै छ ।                                                – श्रीदेव