Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, राष्ट्रपतिसमक्ष शपथ ग्रहण

Monday, December 26, 2022 National Power

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिनुभयो । त्यस्तै, अन्य सात जना मन्त्रीहरूले पनि शपथ लिनुभयो । प्रधानमन्त्रीमा दाहालले शपथ लिनुभएपछि उपप्रधानमन्त्रीमा तीन जना र विना विभागीय मन्त्रीमा चार जनाले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिनुभयो । त्यस्तै, विनाविभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

आज शपथ लिनुभएका आठ सदस्यीय मन्त्रीपरिषदमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित एक उपप्रधानमन्त्री गरी दुई जना, नेकपा ९एमाले० बाट एक उपप्रधानमन्त्रीसहित चार मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री र जनमत पार्टीबाट अब्दुल खाँले शपथ लिनुभयो ।