Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८ घोषणा

Monday, December 19, 2022 National Power

काठमाडौं- राष्ट्रपतिको हातबाट वितरण हुने ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै वर्ष २०७८ को पुरस्कार तथा सम्मान घोषणा गरेको हो ।

नेपाली मौलिक गीत, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरुलाई प्रदान गरिने पुरस्कार तथा सम्मान मध्ये यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मन बहादुर मुखिया, रेकडिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणिन्द्र राई, गायक बिके राना, कन्हैया सिङ्ग परियार, गीतकार शुभ मुकारुङ्ग, अमर बान्तुलाई प्रदान गरिने भएको छ ।

त्यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७८’ रचनाकार एकनारायण भण्डारी, संगीतकार कालीप्रसाद बासकोटा, गायक राज सिग्देल, गायिका माण्डवी त्रिपाठी, ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७८’ गीतकार देवेन गिरी, संगीतकार दीपक शर्मा, गायक कृष्ण काफ्ले, गायिका अस्मिता अधिकारी, ‘नातिकाजी राष्ट्रिय सास्त्रीय संगीत पुरस्कार २०७८’ संगीतकार चन्दन कुमार श्रेष्ठलाई दिइने भएको छ ।

यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा बाह्य पुरस्कार संगीत संयोजक रबिन कार्की ढली र ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७८’ लोक गायिका देबी घर्तिलाई प्रदान गरिने कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७८ पत्रकार डम्बर बहादुर बुढाथोकी र कुबेर राज गिरिलाई प्रदान गरिनेछ । यो वर्षको ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ भने गायक आशिष सचिन गौतमलाई प्रदान गरिनेछ । सम्मान तथा पुरस्कारको राशि जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । शम्भूजीत बास्कोटाको अध्यक्षतामा समाजको हालै सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो ।