Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

पहिलो मुस्लिम नायिका सानियाको जन्मदिन

Friday, December 2, 2022 National Power

काठमाडौ -नायिका सानिया खानले आज शुक्रबार (मंसिर १८) आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनलाई गए राति नै परिवारका सदस्यले केक काटेर ‘बर्थ डे सरप्राइस’ दिएका हुन् । ‘एक्कासी बर्थ डे केक देख्दा सरप्राइस्ड भएँ,’ उनले भनिन्, ‘मलाई केही थाह थिएन, उहाँहरुले तयारी गर्नु भएको रहेछ । एकछिन् त यो सपना त होइन ! जस्तो भयो ।’ सानीयाले यो आफ्नो कतिऔं जन्मदिन हो,त्यो भने खुलाएकी छैनीन् । आफ्नो जन्मदिन बिशेष रुपले मनाउन थुप्रै साथी तथा शुभचिन्तकहरुले पार्टी आयोजना गरिरहेको उनले सुनाइन् ।
पहिलो मुस्लिम नायिकाको रुपमा समेत परिचीत सानीया अभिनीत पछिल्लो फिल्म ‘हिड्दा हिड्दै’ माघ २० गते प्रदर्शन हुदैछ । ‘कुइनेटो’ ‘डोली’,‘प्रेमकाण्ड’ लगायतका फिल्ममा अभिनय गरिसकेकी उनी पछिल्लो समय अभिनयका साथै सौन्दर्य ब्यावसायमा समेत ब्यस्त छिन् । देशबिदेशबाट आफन्त,साथी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेकोमा निकै खुशी लागेको उनी बताउँछिन् । उनलाई हाम्रो पनि शुभकामना ।