सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । संस्थाले आफ्नो साधारणसदस्य लाई २० प्रतिशात बोनस प्रदान गरेको छ । 
बिहान ९ बजेबाट शुरु भएको १२ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष सुधीर बैधले गरेका हुन भने साधारणसभाको संस्थाका अध्यक्ष सुधीर बैधले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष सुधीर बैधले पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्याएको बताउनु भयो ।अझैपनि सदस्यहरुलाई सहकारी बुझाउन बाँकी रहेको बताउनुभयो । आफू सधैं सहकारीकै हकहितमा लागि परिरहेको र सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो । 
लेखा समितीका संयोजक कुमुदा श्रेष्ठले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष हरि गोपाल कायस्थले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । 
सहकारीमा झण्डै ३५ सय जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष बुद्ध शरण मानन्धर, सचीव संगम थापा, लेखा परिक्षण समिति संयोजक बिजेन् रजित उपसमिति, संस्थाका कर्मचारी लगायत सेयर सदस्य उपस्थित रहेको गरिमा बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक अमित मानन्धरले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।



काठमाडौं – नेपाली संगीत क्षेत्रमा नयाँ गीत “तिनपानेको झोल” सार्वजनिक भएको छ। गायक डिजराज...
काठमाडौं – चलचित्र पत्रकार संघ नेपालको नेतृत्वमा समिर बलामीले पुनः बाजी मारेका छन्। शनिबार...
काठमाडौं- नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली अभिनेत्री सानिया खानले काठमाडौं महानगरपालिका –नागार्जुन १, रानीबनमा अत्याधुनिक सुविधा...
काठमाडौं – नेपाली संगीत क्षेत्रलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि निरन्तर...
नयाँ बर्ष विक्रम संम्बत् २०८३ सालको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय...
काठमाडौं – नेपाली कला र सर्जनाको सम्मान, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सातौँ संस्करणको...