Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९ को आबेदन फारम खुल्ला

Sunday, November 6, 2022 National Power

काठमाडौं : प्रियसी म्युजिक प्रा.लिको आयोजनामा चौथों एपिक नेपाल म्युजिक अवार्ड- २०७९ हुने भएको छ। भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकामा पर्ने शंखधर पार्कमा सम्पन्न पत्रकार सम्मेलन गरि चौथों एपिक नेपाल म्युजिक अवार्डको आबेदन फारम खुल्ला गरिएको जानकारी आयोजक संस्थाले गराएको छ। ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्ड-२०७९ मा गित संगीतका सम्पूर्ण विधाहरुलाई समेटिने र अवार्ड मुख्य गरि नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल एवम नव प्रतिभाका सर्वोकृष्ट रचनाहरुको साथै आधुनिक, पप, लोकपप, पर्ब बिसेष, काठे र देउडा गीतहरुलाई अवार्ड प्रदान गरिने अवार्डकि महासचिब तथा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठले जानकारी गराईन। त्यस्तै अवार्डको टप-५ नोमिनेसन पौष २ गते घोषणा गरिने तथा अवार्ड कार्यक्रम माघ ७ गते भक्तपुरमा नै सम्पन्न गरिने समेत जानकारी गराईन।

चौथों एपिक नेपाल म्युजिक अवार्ड- २०७९ का अध्यक्ष कृष्ण लाल साहुखल को सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा मध्यपुर थिमी नगरपालिकाको निबर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता तथा बिसेष अतिथिहरु मध्यपुर थिमी नगरपालिका वडा न. ४ का वडाध्यक्ष्य बाल कृष्ण श्रेष्ठ, हास्य अभिनेत्री पल्पसा डंगोल, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, गायिका शोभा त्रिपाठी, मोडल तथा गायक प्रस्तोता दुर्गेश थापा, संचारकर्मी कलाकार सुर्य चन्द, निर्देशक देबेन्द्र पाण्डे लगायतका विभिन्न व्यक्तित्व र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मध्यपुर थिमी नगरपालिका वडा न. ४ का वडाध्यक्ष्य बाल कृष्ण श्रेष्ठले आफ्नै वडामा सम्पन्न हुन लागेको म्युजिक अवार्डले एतिहासिक जिल्ला भक्तपुरको मौलिक कला संस्कृतिको जगेर्ना हुने र अवार्ड भब्य रुपमा सम्पन्न गराउन कुनै कसर बाकि नराख्ने बताएका छन् भने प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाको निबर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठले अवार्डको तेस्रो संसकरण आफ्नै कार्यकाल बाट थिमी मध्यपुरमा सुरु भएको र अवार्डको चौथो संस्करण पनि भक्तपुरमानै हुन लागेकोमा खुशी ब्यक्त गर्दै अवार्डलाइ भब्य रुपमा सम्पन्न गराउन सम्पूर्ण भक्तपुरबासिको साथ सहयोग रहने उनले बताए। अन्य बक्ताहरुले अवार्ड कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए।

चौथों एपिक नेपाल म्युजिक अवार्ड- २०७९ का अध्यक्ष कृष्ण लाल साहुखलस् ले कार्यक्रममा बोल्दै महानायक राजेश हमाललाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी गराए भने सुर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा न। ४ को सहकार्यमा हुन लागेको अवार्डमा ओस्ला बचत तथा ऋण सहकारी सस्था शंखधर मेमोरियल स्कुलको समेत सहकार्य रहने जानकारी गराएका छन् । आबेदन फारम प्रियसी म्युजिक प्रालिको कार्यालय अनामनगर उपलब्ध हुनेछ। अवार्डका संयोजक राजेन्द्र पुरी रहेका छन। त्यसैगरी चौथों एपिक नेपाल म्युजिक अवार्ड(२०७९ को पत्रकार सम्मेलन तथा चियापान समारोह संचारकर्मी गोपीकृष्ण चापागाईंले संचालन गरेका थिए।