Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेपाल तरुण दल काभ्रेका निवर्तमान केन्द्रिय सदस्य सुधीर बैधले गरे नगद सहित आश्रममा खाद्यान्न सहयोग

Tuesday, November 1, 2022 National Power

काभ्रेपलान्चोक – नेपाल तरुण दलका निवर्तमान केन्द्रिय सदस्य सुधीर बैधले आश्रममा खाद्यान्न सहित नगद सहयोग गरेका छन् ।

तरुण दलको ६९ औं स्थापना दिवसको अवसरमा धुलिखेल नगरपालिका वडा नं. १२ रहेको मानव कल्याण सेवा समाजमा ५ हजार नगद सहित आश्रममा खाद्यान्न सहयोग गरेका हुन् ।

कार्यक्रममा नेता बैधले युवाहरु सामाजिक काममा पनि लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नू भयो युवाहरु देशको राजनीति मेरुदण्ड मात्रै नभइ सामाजिक क्षेत्रमा उतिकै रुपले लाग्नु पर्ने बताउनु भयो ।

व्याप्त विसंगति र विकृतिकाविरुद्ध समाजलाई सुसुचित गर्नुका साथै नेपाल तरुण दलले सामाजिक उत्तरदायित्व र मानविय सेवा अन्तर्गत आर्थिक सहयोग गरिएको र आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगरपालिका वडा नं. ११ का सभापति राजेन्द्र थापा, ट्रेड युनियन कांग्रेस बनेपा नगरका सभापति संगम थापा लगायतका युवाहरुले सेवा भावको दृस्ठिकोणले सहयोग गरेका छन।