Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

‘कर्पोरट अनर अवार्ड २०२२’ भव्यरुपमा सम्पन्न

Thursday, September 22, 2022 National Power

काठमाडौं-समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई ‘कर्पोरट अनर अवार्ड २०२२’ प्रदान गरिएको छ । राजधानीमा मंगलबार आयोजित द लाइफ स्टाइलको आयोजना तथा कलिउड हवको व्यवस्थापन र इशान बाल तथा महिला अस्पतालको प्रयोजनमा भएको कार्यक्रममा अवार्ड वितरण गरिएको हो ।

कार्यक्रमका अध्यक्ष राजन खरेलका अनुसार विभिन्न पेशा तथा व्यवसायको माध्यमबाट राष्ट्रलाई योगदान पुर्‍याएका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको हो । उहाँले देशकै उदाहरण बन्न सफल भएका फरक क्षेत्रका विशेष व्यक्तिहरूलाई ‘लेजेण्ड्री अवार्ड’ तथा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वलाई अवार्डद्वारा सम्मान गरिएको जानकारी गराउनुभयो । पूर्वरक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका भीमसेनदास प्रधान प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी विशेष अतिथिमा टोखा नगरपालिका नगरप्रमुख प्रकाश अधिकारी, भक्तपुर नगरपालिकाका प्रतिनिधि, भक्तपुर नगरपालिका २ का वडाध्यक्ष, ख्वाप अस्पतालका प्रतिनिधि, सञ्चारकर्मी भरत बम्जन, चलचित्र निर्देशक माधवराज खरेल, विभिन्न व्यवसायिक क्षेत्रका व्यक्तिको सहभागितामा अवार्ड प्रदान गरिएको अध्यक्ष खरेलले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानले अवार्ड पाउने तथा सम्मानितलाई बधाई दिँदै सम्मानले सम्बन्धित क्षेत्रमा काम गर्ने व्यक्तिलाई प्रोत्साहन मिल्ने बताउनुभयो । उक्त कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले कार्यक्रम नौलो भएको र यस्तो कार्यक्रमले पेशा, व्यवसाय गर्नेहरूलाई हौसला प्रदान गर्ने बताउनुभयो ।