Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बालबालिकाहरूलाई शैक्षिक सामाग्री तथा झाेला वितरण

Monday, September 19, 2022 National Power

काभ्रेपलान्चोक – श्री साङ्ला बालकुमारी मा.बि ले आयाेजना गरेको सम्मान तथा शैक्षिक सामग्री बितण कार्यक्रम नेपाल सरकारका पुर्व रक्षामन्त्री तथा निर्वाचन क्षेत्र नं ६ माननिय सभासद भिमसेन दास प्रधानकाे सिफारिसमा China Foundation For Poverty Alleviation.Alibaba Philanthoropy.Noble Compassionate Volunteers श्री साङ्ला माध्यमिक बिधालयका कक्षा नसरी देखि पाँच कक्षा सम्मका २५० जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री तथा झाेला वितरण गरिएको छ ।

बिधालयका प्रअ डा. टिकाराम भट्ट, बिधालय ब्यवस्थापन समिति अध्यक्ष सानुकाजि थापा लगायत ब्यवस्थापन समितिका पदाधिकारीहरू र संस्थाका सदस्य हरूले संयुक्तरूपमा बितरण गर्नुभएको थियाे । कार्यक्रममा प्रअ टिकाराम भट्टकाे स्वागत मन्तव्य र राजनीतिकर्मि तथा पुर्व ब्यवस्थापन समितिका अध्यक्ष माधव तिमिल्सिनले तारकेश्वर नगरपालिकाले वडा अध्यक्ष नै ब्यवस्थापन समितिकाे अध्यक्ष हुनुपर्छ भन्ने निर्णय सच्याउनु पर्ने र याे निर्णय ले अभिभावककाे अधिकार खाेसिएकाे भनि सम्बन्धित निकाएलाई ध्यानाकर्षण गराउनु भयाे।

महानगरीय प्रहरी वृत्तका प्रमुख रविन बिष्टले बिधालयसंग सहकार्य गरेर सुरक्षा सम्बन्धित कार्यक्रम संचालन गर्ने कुरा बताउनु भयाे । नगर शिक्षा अधिकारी हाेमनाथ न्यौपानेले मेराे कार्यकाल सम्म याे बिधालयलाई सहयोग गर्ने कुरा बताउनु भयाे । तारकेश्वर नगर उपप्रमुख सिर्जना बुरलाकाेटी अर्यालले हाल नगरपालिका भित्र चलिरहेको बिषय वडा अध्यक्ष नै बिधालय ब्यवस्थापन सिमितीकाे अध्यक्ष हुनपर्ने निर्णय उपर छलफल गरिने र मैले बिधालयलाई हरपल सहयाेग गरिरहने र शिक्षाको गुणस्तर बढाउनुहाेस बजेटले नराेकिने कुरामा जाेड दिनु भयाे ।

प्रमुख अतिथि नेपाल सरकारका पुर्व रक्षामन्त्री तथा निर्वाचन क्षेत्र नं ६ माननिय सभासद भिमसेन दास प्रधानले मैले मेराे कार्यकालमा यस बिधालयलयलाई निरन्तर सहयोग गरिरहने र राष्ट्रपति बिधालय सुधार याेजना कार्यक्रम ल्याउन सफल भएको र आगामि दिनमा याे बिधालयलाई सहगयाेग गरिरहने कुरा बताउनु भयाे ।

कार्यक्रममा निर्वाचन ६ प्रदेस सांसद योगन्द्र संगाैला, तारकेश्वर नगर उपप्रमुख सिर्जना बुरलाकाेटी अर्याललाई सम्मान र नगर शिक्षा अधिकारी हाेमनाथ न्याैपाने, महानगरीय प्रहरी वृत्त प्रमुख रविन बिष्टलर माननिय भिमसेन दास प्रधानलाई मायाकाे चिनाे प्रदान गरिएको थियाे । कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष सानुकाजी थापले एउटा कुशल बिद्यार्थी निर्माण गर्नकाे बिधालय, शिक्षाक, शिक्षीका, कर्मचारी, बिधालय ब्यवस्थापन समिती, राजनीतिकर्मि अभिभावकका साथै स्वयम् बिद्यार्थीकाे लगनशीलताले मात्र संम्भव रहेकाे बताउनु भयो । यस बिधालयका शिक्षक शिक्षीका कर्मचारीहरू सबै दक्ष रहेकाेले अब चाडै डिजिटल प्रविधिबाट पठनपाठन हुनेकुरामा जाेडदिनुभयाे।