Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

जाले रुमाल सम्झना लिएर आए प्रशान्त र सुनिता

Saturday, September 17, 2022 National Power

काठमाण्डौ– छिट्टै फर्कने बाँचाहरु गर्दै प्रदेशीने लाहुरेहरुका आफ्नै पिडाहरु रहेका छन् । एकातिर आफुले सोचे जस्तो प्रदेशमा हुदैन भने अर्का तिर बाटो हेरि बसिरहने घर परिवार र मन मुटुमा बसेकी मायालुहरु पर्खाइमै वर्षौ विताउन बाध्य हुने गर्दछन् । यस विच माया प्रेमिहरु विच उत्पन्न हुने अनेकन भ्रामक कुराहरु र यसले दिने पिडाहरुलाई दर्शकमाझ लिएर आएका छन् भिडियो निर्देशक टार्जन लिम्बुले ।

लामो समय देखि नेपाली चलचित्र गीत संगीत तथा डकुमेन्टिहरुमा काम गर्दै आईरहेका भिडियो निर्देशक टार्जन लिम्बुको निर्देशनमा जालै रुमाल सम्झना बजारमा आएको छ । निर्देशक लिम्बुकै छायाँकन रहेको नेपाली लोकसंस्कृति झल्काउने सुमधुर गीतमा, बाध्यताले प्रदेशिनु पर्दा माया प्रेमिहरु विच उत्पन्न हुने अनेकन पिडाहरुलाई भिडियो मार्फत देख्न सकिन्छ ।

नेपालका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको गीतमा प्रशान्त पौडेल र सुनिता थेंगिमको अभिनय देख्न सकिन्छ । प्रशान्त पौडेल र सुनिता थेंगिमको सुमधुर आवाजमा सजिएको गीतमा शब्द संगीत पनि प्रशान्त पौडेलकै रहेको छ ।