Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रे प्रशासनमा तीस मिटरब्याजीविरुद्ध उजुरी

Wednesday, August 24, 2022 National Power

काभ्रेपलाञ्चोक- जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ । सत्र व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु गरिएको छ । सरकारले गत साउनमा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिकरूपमा अपिल गरेको थियो ।

सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उजुरी गर्ने पीडित र पीडकको नाम गोप्य राखिएको छ । काभ्रेमा भने सरकारले उजुरी दिन आह्वान गर्नुअगावै केही मिटरब्याजी पीडितको भागाभागसमेत भएको थियो । यस्तै हाल पनि केही पीडित सम्पर्कविहीन अवस्थामा रहेका बताइएको छ ।

मिटरब्याजीले पीडितसँग रकम लिनुअगावै खाली चेक हस्ताक्षर गरेर लिएकाले केही पीडितलाई चेक अनादर मुद्दामा कारागारसमेत पठाएको घटना सार्वजनिक भएका छन् । मिटरब्याज लिनेमा सहकारी संस्था पनि रहेका छन् । केही सहकारीका प्रबन्धक र सञ्चालकविरुद्ध पनि कार्यालयमा उजुरी दर्ता भएको जनाइएको छ ।