Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन 

Wednesday, August 10, 2022 National Power

 काभ्रेपलान्चोक – श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन् ।तारर्केश्वर नगरपालिका–१ मा अवस्थित विद्यालयमा उनी व्यवस्थापन समितिबाट चुनिएका हुन्।

बिगत २० बर्ष देखि सञ्चार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविष्य बन्ने ठाउँ भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफु हरबखत लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रधानाध्यापक डा. टिकाराम भट्टले समय समयमा शिक्षकहरुको क्षमता परीक्षण हुनुपर्ने बताएका छन्। क्षमता परीक्षणबाट शिक्षकहरुले आफुलाई अध्ययनशील राख्ने र पेशागत विकासमा ध्यान दिने उनको विश्वास छ। वास्तवमा शिक्षकले शिक्षक सेवा आयोग उत्तीर्ण भएर केहि वर्ष शिक्षण गरे पश्चात जागिरको पनि सुनिश्चिततता भईसकेको हुने हुँदा शिक्षकको पढ्ने बानीमा अलि निष्क्रियता पनि बढेको हुन सक्ने भन्दै उनले शिक्षकहरुलाई अद्यावधिक राख्न पनि शिक्षकहरुको क्षमता परीक्षण हुनुअनिवार्य रहेको बताए। समय अनुसार शिक्षा परिवर्तन हुने भएकोले शिक्षकहरु पनि परिवर्तन हुनु जरुरी रहेको उनको भनाई छ। उनले विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विस्वास लिएर थापालाई अध्यक्षमा चयन गरेको बताए।

समितिका सदस्यहरुमा विदुर सापकोटा, लक्ष्मण तिमलसिना, स्वस्थानी पराजुली अधिकारी, लक्ष्मी नारायण खड्की, सुरेस केसी,उषा कुवँर, यादव प्रसाद फुयाँल चयन भएका छन्। स्राेत:सञ्चारकर्मी राजन थापाबाट