Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो : एमाले अध्यक्ष ओली

Saturday, July 23, 2022 National Power

काठमाडौं -नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शहीदलाई जातीयकरण गर्न नहुने बताएका छन् । पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्ने बताएका हुन् ।

‘म इतिहासकारलाई अनुरोध गर्दछु । शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउनू । जातको होइन राष्ट्रको सहिद हुन्छ’ उनले भने, ‘जो पहिलो मारियो उही पहिलो शहीद हो ।परिवर्तनका लागि बलिदान गर्दा जुनसुकै पार्टीमा भए पनि त्यसपछि राष्ट्रिय शहीद हुने उनको भनाइ छ ।

साथै अध्यक्ष ओलीले पुष्पलालले नेपाललाई तानाशाहबाट मुक्त बनाएको बताउँदै राजनीतिक चेतनासँगै अन्धविश्वास हटाएको दाबी गरे । पुष्पलाले किंवदन्तीबाट नेपालको वास्तविक देखाएको उल्लेख गर्दै ओलीले अहिले पनि इतिहासलाई कंवदन्तीबाट यथार्थमा ल्याउनु पर्ने बताए । अहिले पनि राजाका वटावटी कथाहरू सुनिने गरेको भन्दै उनले वास्तविकतामा इतिहासलाई फर्काउनु पर्ने बताए ।