Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न

Sunday, July 17, 2022 Devil Singh Rajput

कथा ईभेन्टले आयोजना गरेको ‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न भएको छ । १३० जना प्रतिष्पर्धीहरू मध्ये ३७ जना प्रतिस्पर्धाहरूले मिस टिन हिमालय २०२२ ताजको लागि प्रतिस्पर्धा गरेका थिए । मिस टिन हिमालयको ग्रान्ड फिनाली योहो टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो कथा ईभेन्टका चेयरमान गनिका गुरुङले मिस टिन हिमालय नेपाल अहिलेको सबैभन्दा चर्चित राष्ट्र स्तरको टिन प्याजेन्टको रूपमा स्थापना भइसकेको जानकारी दिए ।

ग्रान्ड फिनालीमा वरिष्ठ पाईल्ट तथा समाजसेवी क्याप्टेन बिजय लामाले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए भने ड्रिस्टिक ३२५ E का ड्रिस्टिक गभ्रनर लायन कर्म गुरूङ् र ड्रिस्टिक फष्ट लेडि लायन अन्जलि गुरूङ्ले विशेष अतिथिको भूमिका निर्वाह गरेका थिए ।
मिस टिन हिमालय नेपालको ग्रान्ड फिनालीमा भने वरिष्ठ र्‍यापर निर्णय श्रेष्ठ, अभिनेत्री बेनिशा हमाल, क्याप्टेन रमण घिमिरे, उद्यमी रतिन्द्र सिंह र मोडल जोर्डन राजभण्डारीले निर्णायको भूमिका निभाएका थिए ।

मिस टिन हिमालय २०२२ को ताज एन्जिल चन्दशिरमा सजिएको छ भने सरस्वती विश्वकर्मा दोस्रो स्थानमा, प्रकृति श्रेष्ठ तेस्रो स्थानमा र प्राची म्याडेन लिम्बु दर्शक छनोट (Viewers Choice) पर्न सफल भईन । विजेताले एक थान स्कुटर र अन्य थुप्रै पुरष्कार पाएको जानकारी भाईस चेयरमान अनिल बुर्जा मगरले बताए ।

मिस टिन हिमालय २०२२ को मिस स्माईल तथा परिचय भिडियोमा सर्वश्रेष्ठप्रकृति श्रेस्ठ , मिस फोटोजेनिक अञ्जली ढकाल , बेस्ट हेयर हिर्सोमा चन्द ठकुरी , बेस्ट वाक युवानी लिम्बु , बेस्ट पर्सन्यालटि शाम्भवी शाही, बेस्ट ड्रेस तथा मिस स्टाइलिस्ट मिङ्मा डोल्मा लामा, बेस्ट इस्किन सुस्मिता तामाङ, मिस पपुलारटी तथा मिस इन्टरटेनर क्रिस्टिना गुरुङ, मोष्ट ट्यालेन्ट इज्मा फुयाल, मोष्ट डिसिप्लिन मुग्दा दाहाल, मोष्ट पंकच्वल सदिक्षा कार्की , मोष्ट क्रिएटिभ समिक्षा श्रेष्ठ, मल्टिमिडिया चोईस कुसुम गजमेर , आयोजक चोईस कोपिला सिंह, कोरियोग्राफर चोईस बिना गौतम, मिस कन्जिन्यालटि रोजिना बि.क, मिस एकटिभ एकात्मा खड्का, मिस ग्लैमरस लूक ऋतिका महर्जन , मिस र्‍याम्प वाक तथा साँझको गाउनमा सर्वश्रेष्ठ सरस्वती विश्वकर्मा , मिस फेसन आइकन समृद्धि सापकोटा, मिस स्पेक्टाक्युलर आईस नेहा लावती , मिस कनफिडेन्ट लिडिया तामाङ , मिस बौद्धिक जसटिना राउत, मिस रेसपोनषिबल सोनिया बस्नेत , मिस मेहनती समीक्ष्य मगर, मिस कोरटियस स्वस्तिका देउला , मिस अनेषट बिनिशा देउला, उत्कृष्ट वक्ता एन्जिल चन्द, मिस पोस्चर नयनशा महर्जन , मिस स्मार्ट एन्जिल भेटवाल, मिस एलिगेन्ट प्राची लिम्बु , मिस साहस प्रियंका महन्तो, मिस गर्जियस शुभानी गुभाजु , क्याजुअल पहिरनमा उत्कृष्ट अनुसिया श्रेष्ठ , मिस फेमिनाइन लुक सुमित्रा गुरुङ र सबैभन्दा अन्तरक्रियात्मक प्रणिमा केसीले जितेको थियो ।

कार्यक्रममा कथा इभेन्टले पाँचजना गरिब, असहाय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । साथै, कार्यक्रममा कथा इभेन्टकी निर्देशक मिस सुजना राईलाई वल्र्ड बुक अफ रेकर्ड्स, लण्डन, युकेद्वारा स्टार २०२२ अवार्ड प्रदान गरिएको थियो ।