Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

महिला चेम्बरको आयोजनामा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ कार्यक्रम शुरु

Friday, July 8, 2022 Devil Singh Rajput

काठमाडौं, असार २४। नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तिकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्ष्ँेत्रमा तालिम आयोजना गरेको हो । पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्ष्ँेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशिलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तिकरणको मुद्धालाई उच्च प्राथमिकतामा राखेको मल्लले बताउनुभयो । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरु शुरु भईसकेको भन्दै अध्यक्ष मल्ललले त्यसको लाभ लिन पनि महिलाहरुलाई आग्रह गर्नुभयो । महिलाहरुद्धार उत्पादित बस्तुहरुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाई छ । उहा“ले भन्नुभयो, ‘महिला दिदीबहिनिी हरुले उत्पादन गरेका बस्तुहरु उत्पादनस्थलदेखि बजारीकरण सम्म नेपाल चेम्बर अफ कमर्सले साथ दिन्छ । कृषिजन्य बस्तुहरुको प्रसोधनका लागि पनि तालिम आवश्यक छ । यसका लागि चेम्बरले सहयोग गर्छ, ।’आर्थिक क्षेत्रमा महिलाहरुको सहभागिता बढेको भन्दै अध्यक्ष मल्लले रोजगारी सिर्जना गर्न समेत उल्लेख्य योगदान रहेको बताउनुभयो । उहा“ले अपाङगता भएका महिलालाई उद्यमशिलता विकासको तालिममा सहभागी गराउनुपर्ने बताउनुभयो ।

चेम्बरकी उपाध्यक्ष एव महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपुर्ण हुने श्रेष्ठको भनाई छ । महिलाहरुलाई बजारको माग अनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तिमा १५ दिनको तालिम दिईने बताउनुभयो । महिलाको आर्थिक सशक्तिकरण गर्नका लागि विभिन्न शिप मुलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताउनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल महिला चेम्बरकी कोषाध्यक्ष चारु सिकरिया लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम उद्घाटन सत्र लगत्तै किर्ती शाक्यले १ दिने प्याकेजिंग तालिम दिनु भएको छ भने सिल्भर माउण्टेन कलेजका कर्पोरेट सेफ शिवदिप मजुमदारले १० दिनसम्म बेकरी तालिम, निलम ताम्राकारले ५ दिने फेब्रिक तालिम, जानकी प्रधान श्रेष्ठले ५ दिने पुनप्र्रयोग र पुनर्चक्र तालिम, रेखा श्रेष्ठले ५ दिने मैनबक्ती तालिम र निपुर्ण श्रेष्ठले ५ दिने फोटोग्राफी तालिम दिने कार्यक्रम रहेको छन ।

सो अवसरमा महिला तथा युवा लक्षित यस सीप विकास तालिममा सहभागी हुन चाहने उद्यमी लगायतले नेपाल चेम्बर अफ कमर्समा संपर्क राख्न सकिने जानकारी दिईयो । बेकरी तालिम २७ गतेबाट शुरु हुने र अन्य तालिमहरु पनि केहि दिनबाट शुरु गरिने महिला चेम्बर एवं प्रशिक्षकहरुले उल्लेख गर्नुभएको छ ।