Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण

Monday, June 27, 2022 National Power

काठमाडौं – नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो ।
जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मी लगायतले पुस्कको लोकार्पण गर्नुभएको थियो ।
यो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको छ । पुस्तकका लखेक नर प्रधान भुटानी मूलका अमेरिकन नागरिक हुनुहुन्छ ।
जितेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यत्रममा इन्ट्रा नेशनल वेयलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्लीराम अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, अनुपमा रेग्मी, प्रमुख अतिथि व्याकुल माइलाले आ–आफ्ना भनाइ राख्दै पुस्तकमाथि प्रकाश पार्नुभएको थियो । उहाँहरूले पुस्तकमा आफ्नो देश, आफ्नो गाउँ समाज र सम्पूर्ण श्रीसम्पती छोडेर अन्धकार भविश्यको पछि लाग्नुको पिँडालाई स्रष्टा प्रधानले कृतिमा समावेस गर्नुभएको बताउनुभयो ।
पुस्तकमा शिविरका दुःख, दैनिकी र अमेरिकामा गरेको संघर्षलाई बढो कलात्मक ढंगबाट स्रष्टा प्रधानले पाठकमाझ पस्किएको मन्तव्यका क्रममा अतिथिहरूले राख्नुभएको थियो । उहाँहरूले स्रष्टा प्रधानलाई नेपालीमा कृति अनुवाद गरेर नेपाली पाठकमाझ ल्याएकोमा बधाई तथा शुभकामना पनि दिनुभएको थियो ।
पुस्तकमा लेखक प्रधानले ‘बुबासँगको बाल्यकाल’, ‘बुबाबिनाको जीवन’, ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म)’, ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा’, ‘दोस्रो दर्जाका मानिसहरू, ‘अमेरिका प्रस्थान’, ‘क्लिभ ल्याण्ड मेरो नयाँ गाउँ’, ‘गोप्य प्रेम कथा’, ‘व्यापारको अनुभव’, ‘अरुलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ जस्ता ११ शीर्षकमा विभिन्न घटनाक्रमलाई कथानक रुपमा प्रस्तुत गर्नुभएको छ ।
स्रष्टा प्रधानले आफ्नो पुस्तक शरणर्थी जीवनको बारेमा अध्ययन अनुसन्धान गर्न एक राम्रो सन्दर्भ सामाग्रीको रुपमा सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी भुटानमा जन्मिए पनि हाम्रो रगतमा नेपाली पन छ, हाम्रो भाषा, संस्कृति, संस्कार, परम्परा नेपाली हो । हाल अमेरिकी नागरिक भएपनि आमाको विशेष चाहाना भएकोले पुस्तकलाई नेपाली भाषामा अनुबाद गरि पाठकमाझ ल्याएको छु, यो पुस्तकमा भुटानदेखि अमेरिकासम्मको यात्राका विभिन्न सन्दर्भ प्रस्तुत गरेको छु ।’ कोरोना संक्रमणको समयमा क्यारेन्टाइनको समयलाई सदुपयोग गरेर अंग्रेजी भाषामा पुस्तक तयार भएको र अमेजनमार्फत राम्रो बिक्री भइरहेको पनि उहाँले सुनाउनुभयो ।
सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको समारोहमा साहित्यिक व्यक्तित्वहरू, गीत संगीतका स्रष्टाहरू, चलचित्रकर्मी, समाजका विभिन्न व्यक्तित्वहरू र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजकमा रोशन श्रेष्ठ र दीपेन श्रेष्ठ रहनुभएको थियो ।