Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

`ए माया´ भन्दै आए जीवन परिवेश

Saturday, June 11, 2022 National Power

काभ्रेपलान्चोक – नव गायक जीवन परिवेशको आवाजमा ए माया बोलको गीत सार्वजनिक भएको छ । गजलकार सुमन स्मारिकाको शब्द र दीपकराज विश्वकर्माको संगीतमा सजिएको उक्त गीतमा चर्चित संचारकर्मी नरेश भट्टराई तथा मोडल उषा उप्रेतीको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

थुप्रै गीतहरुमा आवाज दिई सकेका गायक परिवेशको यो पहिलो आधिकारिक गीत हो । गीतको भिडियो लाई निशल पौडेलले छायांकन गरेका हुन्। कपुरी क मोसन पिक्चर्शको ब्यानरमा निर्माण भएको यस गीत लाई युबराज वाइबाले भिडियो निर्देशन गरेका हुन्। गितको सह निर्देशन सुजन खतिवडाले गरेका हुन् । भिडियो मेक अप आर्टिस्ट कविन खड्का हुन भने विकास दाहालले गित लाई सम्पादन गरेका हुन् ।

“राम्रो हुन सृनगार पटार गर्नु पर्दैन, सकारात्मक सोचाइ र दृष्टिकोण भएको मान्छे यसै राम्रो हुन्छ” गीतले यस्तै भाव बोकेको छ । बनेपा नगरपालिका ९ स्थायी बसोबास गर्ने गायक परिवेश पेशाले एक व्यवसायी पनि हुन् । यस गीत लाई ‘जीवन परिवेश अफिसियल युट्युब च्यानल’ मार्फत हेर्न सकिन्छ ।