Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

काठमाडौं उपत्यकामा एकैदिन १८ सय १७ जना सवारी चालकमाथि कारवाही

Monday, June 6, 2022 National Power

काठमाडौं – ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ८१७ जना चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४७ जना, मदिरा पिएर सवारी साधन चलाउने १४८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ४० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १८ जना चालकमाथि कारवाही गरिएको छ ।