Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रेमा रोचक प्रतिस्पर्धा, ३ वटा वडामा १ मतले हार-जित

Monday, May 16, 2022 National Power

काठमाडौं – काभ्रेमा तीन जना वडा अध्यक्ष एक मत अन्तरमा विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको नतिजा आउने क्रममा तीन स्थानीय तहका तीन वडामा एक/एक मत अन्तरले हारजित भएको छ । रोचक त के छ भने तीन वटै वडाध्यक्ष तीनै स्थानीय तहको वडा नम्बर १/१ का हुन् र फरक–फरक तीन पार्टी (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले)का उम्मेदवार हुन् ।

काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सुशिल लामा एक मत अन्तरले विजयी भए । लामाले ४०२ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु आलेले ४०१ मत प्राप्त गरी पराजित भएका थिए । त्यसैगरी खानीखोला गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तमान थिङ एक मत अन्तरले विजयी भएका छन् । थिङले ५४८ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार आसाराम गोलेले ५४७ मत प्राप्त गरी पराजित भएका छन् ।

तेमाल गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार इन्द्र अधिकारी एक मत अन्तरले विजयी भएका छन् । अधिकारीले ५३१ मत प्राप्त गरी विजयी भएका हुँदा उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङले ५३० मत प्राप्त गरी पराजित भएका छन् । उक्त वडामा दुई पटक मत गणना भएको थियो । पहिलो पटक मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङ २ मत अन्तरले विजयी भएका थिए ।